scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, August 20, 2008

अस्वस्थकर मासु खा“दैछौं हामी


लमजुङमा कतै पनि ब्यवस्थित पशु बधशाला नहुँदा र्सवसाधारणहरु अस्वस्थ मासु खान बाध्य छन् ।
मासुको अत्याधिक खपत हुने लमजुङमा विक्री वितरण हुने मासु खुल्ला स्थानमा काटिने र विक्री वितरण हुने हुँदा स्वस्थकर नभएको आम उपभोक्ताको गुनासो छ । खसी, बोका, कुखुरा राँगा लगायतका पशुलाई व्यवस्थित रुपमा निश्चित ठाउँमा काटेर २४ घण्टासम्म डिप प्रिmजमा राखेर मात्र सेवन गरे स्वस्थकर हुन्छ । तर ब्यापारी र उपभोक्ता दुवैमा त्यस कुराको ज्ञान नभएकाले त्यसो हुन सकिरहेको छैन ।
मासु काटेपछि २४ घण्टा सम्म डिपप्रिmजमा राख्नर्ुपर्छ भन्ने ब्यापारीहरुलाई थाहा छ । तर उपभोक्ताहरु प्रिmजमा राखिएको मासु मन नपराउने भएकाले आफूले प्रिmजमा नराखेको बेसीशहरका मासु ब्यापारी नवराज रेग्मी बताउँछन् ।
जिल्ला पशु सेवा कार्यालय लमजुङका पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ यसै बर्षभत्र कार्यालयले बेसीशहरमा पशु बधशाला निर्माण गर्न लागेको बताउँछन् । मासु प्रोटिनका लागि सेवन गरिने हुनाले प्रिmजमा राखिएको मासुमा प्रोटिनका मात्रा बढ्ने हुनाले पनि प्रिmजमा राखिएको मासु सेवन गर्नुपर्ने श्रेष्ठको सुझाव छ । मासुलाई डिप प्रिmजमा राख्दा सामान्य किटाणु मर्ने भएकाले पनि मासु डिप प्रिmजमा राख्नुपर्ने श्रेष्ठ सुझाव दिन्छन् ।
बेसीशहरमा केही मासु पसलहरुले डिप प्रिmज राखेका पनि छन् । तर कमैले मात्र ती डिप प्रिmज प्रयोग गरेका छन् । उपभोक्ताहरु भन्छन्-'पसलमा डिप प्रिmज छ तर ब्यापारीहरु प्रिmजमा मासु राख्दैनन्, देखाउनका लागि मात्र राखिएका हुन्छन् ।'
लमजुङ मासु ब्यवसायी संघका अध्यक्ष गुणराज सिलवाल संघले सबै मासु ब्यवसायीहरुलाई अनिवार्य रुपमा डिप प्रिmजको प्रयोग गर्न निर्देशन गरेको बताउँछन् ।
आधिकारीक तथ्याङ्क नभए पनि लमजुङ सदरमुकाम बेसीशहरमा मात्र दैनिक करीब २ सय के.जी खसीको मासु, झण्डै ५ सय के.जी कुखुराको मासु र करीब डेढ सय केजी राँगाको मासु विक्री वितरण हुन्छ । त्यस्तै भोटेओडार, उदीपुर, खुदी, सुन्दरबजार, भोर्लेटार, दुइपिप्ले सोतीपसल, लगायतका बजार क्षेत्र र ग्रामीण भेगमा त्यो भन्दा बढी मात्रामा मासुको खपत हुने गरेको छ । बेसीशहरका केही बाहेक बेसीशहर तथा अन्य स्थानका अधिकांश पसलहरुमा मासु खुल्ला रुपमा काटिन्छ र खुल्ला रुपमै मासु विक्री वितरण हुने गरेको छ । खुल्ला रुपमा काटेर विक्री गरिने हुनाले झिँगा लाग्ने आदि कारणले मासुबाट अनेक रोग र्सर्ने सम्भावना बढी हुन्छ । जिल्लामा धेरै मात्रामा मासुको खपत हुने भए पनि उपभोग्य मासुको गुणस्तरका बारेमा अहिलेसम्म कुनै निकायबाट अनुगमन भएको छैन । खाद्यसामाग्रीको गुणस्तर जाँच गर्ने गुणस्तर तथा नापतौल विभागले कहिल्यै पनि अनुगमन तथा निरीक्षण गरेको उपभोक्तालाई थाहा छैन । जिल्ला तहमा उपभोक्ता मञ्च पनि छैन । जसका कारण उपभोक्ता हक हितका लागि बोलिदिने यहाँ कुनै निकाय छैन । एक त मासुको राम्रो गुणस्तर छैन, अर्कोतिर मूल्य भने आकासिएको छ । अहिले बेसीशहरमा खसीको मासु प्रतिकेजी ३ सय, कुखुराको मासु प्रति केजी १ सय ६० रुपैयाँ छ । मासुमा मूल्यबृद्धिसंगै गुणस्तरमा पनि बृद्धि भैदिए, र्सवसाधारणको स्वास्थ्यमा समेत असर पर्दैनथ्यो कि -

No comments:

Post a Comment