scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, August 22, 2008

बाढी पीडितका राहत संकलन


लमजुङ, भदौ ६ गते ।
कोशी बाँधका कारण आएको वाढीले पीडित बनेका सुनसरीवासीका लागि लमजुङमा आज पनि राहत संकलन गरियो ।
आज दोश्रो दिन जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी ब्यापारी, पत्रकार तथा र्सवासधारणले राहत संकलन गरेका हुन् । संविधनसभाका सभासद बुद्धिराम गुरुङ सहित जिल्लाका सबै राजनैतिक दलका नेताहरु, नागरिक समाज,उद्योगी व्यबसायी,सरकारी तथा गैरसरकारी निकाय र संचारकर्मी राहत संकलनमा जुटेका थिए । माओवादी निकट वाइसिएलले पनि बिहीबार राहत संकलन गरेको थियो ।
दुवै पक्षबाट शुक्रबार बेलुका सम्म नगद र जिन्सी गरी झण्डै ६० हजार बराबरको राहत संकलन भएको बताईको छ । राहत संकलन अभियान सुन्दरबजार, भोटेवडार,उदिपुर,खुदी, भोर्लेटार लगायतका बजार क्षेत्रमा पनि चलाइने बताइएको छ ।
राहत संकलन सहयोग समितीले सहयोग गर्न इच्छुकहरुका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय लमजुङको बेसीशहर स्थिात राष्ट्रिय बाणिज्य बैकको चल्ती खाता नम्बर ३८/११ ख १ मा जम्मा गर्न सकिने व्यबस्थ मिलाएको छ । संकलित रकम १३ गते पीडितहरुलाई पर्ठाईने सहायक प्रमुख जिल्ला अधिकारी रामकाजी खनालले बताउनुभयो ।

No comments:

Post a Comment