scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, August 27, 2008

तीनलाख बराबरको धनमाल चोरियो


तार्कुघाट- यस गाविस वडा नं. ३ का कृष्णमान श्रेष्ठको घरबाट एक लुटेरा समूहले दर्ुइ लाख बराबरको नगद तथा जिन्सी सामान लुटेको छ ।
आइतबार मध्यरातमा आएको उक्त समूहले श्रेष्ठको घरमा हतियार देखाएर नगद ३० हजार, २ तोलाको सुनको सिक्री, आधा आधा तोलाका दर्ुइवटा औंठी, कानमा लगाउने झुम्का २ थान, ९८४६१०३०९४ नम्बरको सिमसहितको मोबाइल सेट, ९८४६१५६७५८ नम्बरको सिमकार्ड, वियर, छाता, कपडा गरी करीब १५ हजार रुपैयाँबराबरको धनमाल लुटेको थियो ।
त्यसैगरी बेसीशहरस्थित ग्रामीण सामुदायिक विकास केन्द्रमा शनिबार राती १ लाख ६० हजार रुपैयाँ बराबरको चोरी भएको छ । सोही घरमा रहेको लमजुङ बचत तथा ऋण सहकारी संस्थाबाट पनि कार्यालयका सबै दराज फोडी अज्ञात चोरले नगद १० हजार चोरी गरेको थियो । यसैगरी रुद्र निमावि हर्रर्ााेटको कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ ।
सो समूहले कार्यालयको भित्ते घडी, अडियो क्यासेट प्लेयर, ५० मीटर विजुलीको तार र जु.रे.स.को चन्दा बाकसमा रहेको नगद ३ सय र ३ सय बराबरको औषधी चोरी गरेको छ ।

No comments:

Post a Comment