scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, August 22, 2008

२५ औं दिन पनि बोलपत्र पेश भएन


लमजुङ, भदौ ६ गते ।
मध्यमर्स्याङदी जलविद्युत परियोजनाको कवाडी सामानको लागि बोलपत्र आहृवान भएको आज २५ औं दिनसम्म पनि लमजुङको फेदिकुनास्थित परियोजनाको कार्यालयमा एउटा पनि बोलपत्र पेश नभएको परियोजनाले बताएको छ ।
परियोजनामा काम नलाग्ने कवाडी सामान लिलाम बढावढका लागि परियोजनाले गत साउन १५ गते गोरखापत्रमा बोलपत्र आहृवान गरेको थियो । करोडौं रुपैयाँको टेण्डर भएका कारण टेण्डर हात पार्न ठूला ठूला ठेकेदारहरुबीच हानथाप चलेको छ । उनीहरुले कसैले पनि बोलपत्र फारम खरीद गरी फारम नभरोस् भनी बेसीशहरस्थित रा.बा.बैंक र परियोजनाका कार्यालय फेदीकुनामा दर्जनौंको समूह परिचालन गरेका छन् । ती स्थानमा काठमाडौं र पोखराबाट अज्ञात युवाहरुको समूह आइ बसेको स्थानीय बासीन्दा बताउँछन् । उनीहरुमध्ये केहीलाई वाइसिएलले संरक्षण दिएको आरोप समेत उनीहरुको छ ।
बेसीशहरस्थित रा.बा.बैंक को शाखा कार्यालयमा टेण्डरका लागि भौचर भर्न चाहनेहरुलाई नचिनिने युवा समूहले भौचर खरीद गर्न रोक्ने गरेको छ । जो कोही पनि बैंकमा जाँदा उनीहरु सोधखोज गर्ने गरेका छन् । उनीहरुले बोलपत्रका लागि भौचर भर्न आउनेहरुलाई करकाप वा धम्की दिएर टेण्डर खरीद गर्न अबरोध पुर्‍याउने गरेका पीडितहरुले बताएका छन् ।
त्यसैगरी परियोजनाको कार्यालय फेदीकुनामा समेत अज्ञात समूह दिनभर बसी टेण्डरको फारम खरीद गर्न अबरोध पुर्‍याउने गरेको छ । यो थाहा पाएर आज दिउसो परियोजना कार्यालयमा बुझन गएको सञ्चारकर्मीहरुको टोलीलाई समेत उक्त समूहले अबरोध पुर्‍याउन खोजेको थियो । परियोजना कार्यालय परिसरमा प्रहरी तैनाथ गरेपनि प्रहरी मुकदर्शक मात्र बन्ने गरेको स्थानीयबासीको गुनासो छ ।
उक्त समूहले केही दिन अघि भोटेओडार निवासी र्सर्ूयमान श्रेष्ठले खरीद गरेको टेण्डर फारम समेत लुटी लगेका छन् ।
गत साउन २२ र २३ गते बोलपत्र फारम भर्ने विषयमै स्थानीय युवा र वाइसिएलबीच ठूलै विवादसमेत भएको थियो । विवादले उग्ररुप लिएपछि साउन २३ गते बेसीशहरमा दिउसै कर्फ्र्यु लगाउनु परेको थियो ।

No comments:

Post a Comment