scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, August 27, 2008

टावर थपियो, समस्या अझै उस्तै


लमजुङ भदौ ११
मोबाइल ग्रहकहरुले सेवा प्रभावकारी नभएको गुनासो गरिरहेकै बेला नेपाल टेलिकमले सदरमुकाम बेसीशहरमा अर्को टावरको निर्माण गरेको छ ।
क्षमता भन्दा बढी सिम वितरण गरिए पनि क्षमता बृद्धि नगरेकाले मोवाइल प्रयोग गर्दा, नेर्टवर्क नपाइने, नसुनिने, चाहेको बेला सर्म्पर्क नहुने लगायतका समस्याले ग्राहकहरु पीडित थिए । पटक पटक क्षमता बृद्धि गर्नुपर्ने माग उठे पछि टेलिकमले दर्ुइ दिन अघि मात्र बेसीशहरस्थित कार्यालय परिसरमा अर्को टावरको निर्माण गरेको हो ।
टावर निर्माण गरिए पनि समस्या जहाँको त्यहीँ रहेको भन्दै ग्राहकहरुले आलोचना गर्न छोडेका छैनन् । टेलिकमले यस अघि बेसीशहर, अचलबोट र सुन्दरबजारमा १/१ वटा टावर राखेको थियो । जसमध्ये सुन्दरबजारको मोबाइल टावरले महिनामा १५ दिन काम नदिने भएकाले मोबाइल प्रयोग गर्न नपाइएको स्थानीय बासीको गुनासो छ । टेलिकममा पटक पटक यसबारे जानकारी गराउँदा पनि सुनुवाई नभएको उनीहरुले बताएका छन् ।
मोबाइलमा टावर रहँदा पनि कहिले नेर्टवर्क बिजी, त कहिले सर्म्पर्क हुन सकेन भन्ने सन्देश मात्र आउने गरेकोले मोवाइल देखाउन, संगीत सुन्न र फोटो खिच्नका लागि मात्र काममा आउने ग्राहकहरुको गुनासो छ ।
यसैबीच प्रिपेड मोबाइलका लागि १ बर्षअघि रातभर लाइनमा जाग्राम बसी निवेदन दर्ता गराउने र्सवसाधारणले अझै पनि सिम पाउन नसकेको गुनासो गरेका छन् ।
टेलिकममा आएको सिम मध्ये दलहरु र प्रशासनको सिफारिसमा वितरण गरिएको र केही टेलिकमबाटै मनोमानी ढंगले वितरण गरिएको भन्दै उनीहरुले फारम भर्नेहरुलाई तत्काल सिम वितरण नगरे कुनै कडा कदम चाल्ने चेतावनी पनि दिएका छन् । एकै ब्यक्तिले २० वटा सम्म सिम पाएकोमा आपत्ति जनाउँदै रातभर जाग्राम लाइनमा बसेर फारम भर्नेहरुलाई सिम नदिनु अन्याय भएको उनीहरुको दुःखेसो छ ।
यस विषयमा नेपाल टेलिकम लमजुङमा सर्म्पर्क राख्दा कार्यालय प्रमुख रुद्र कुमार श्रेष्ठले सिम कार्ड आएको भए पनि प्रशासनले नबाँड्न परिपत्र गरेकाले रोकिएको बताए । उता जिल्ला प्रशासन कार्यालयले भने टेलिकमबाट जथाभावी सिम वितरण भएको भन्ने गुनासो आएकाले हालसम्म टेलिकमबाट कुन प्रक्रियाद्वारा के कति सिम वितरण गरिएको हो त्यसको फेहरिस्त माग गरिएको जानकारी दिएको छ ।

No comments:

Post a Comment