scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, August 27, 2008

जमीन भासियो,८ घर भत्के


लमजुङ भदौ ११
अविरल बषर्ाका कारण फलेनी गाविसका विभिन्न भागमा जमीन भासिएपछि ८ वटा घर भत्किएका छन् भने १५ घर विस्थापित भएका छन् ।
अबिरल बषर्ाका कारण जमीन भासिएको र पहिरो गएका कारण फलेनी गाविसका करीब १ सय घर जोखिममा परेका छन् । गत विहिवार देखि त्यस क्षेत्रमा लगातर पानी परिरहेको छ । घर रहेको ठाउँमा जमीन भासिएपछि फलेनी गाविस वडा नं. ९, सेलाङ्गेका आशराम गुरुङ, बगनसिंह गुरुङ, कामी गुरुङ, भुनबहादुर गुरुङ र सिपलाल गुरुङका परिवार गँाउबाट विस्थापित भएका छन् । बिस्थापित परिबार वडा नं. ८, लप्सीबोटमा आफन्तको घरमा शरण लिएर वसेका स्थानीय जीवन अमर प्राथामिक विद्यालयका प्रधानाध्यापक प्रेम गुरुङले वताएका छन् ।
जमीन भासिएपछि स्थानीय लालमाया गुरुङ, उदीराम गुरुङ र बेलबहादुर गुरुङको घर भत्किएकोे छ । घर भत्केपछि उनीहरु गोठमा वस्न बाध्य भएका छन् । ५ वटा शौचालय समेत भत्किएका छन् ।
त्यस्तै, फलेनीकै वडा नं. ७, माथिल्लो दैलुङमा जमीन भासिँदा डुँडे कामीको घर भत्किएको छ । उनको ८ जनाको परिवार अहिले वडा नं. ७ को सामुदायिक भवनमा आश्रय लिईरहेका छन् । पहिरोका कारण पदमसिंह गुरुङ र जमानसिंह गुरुङको घरमा समेत क्षति पुगेको प्र.अ. प्रेमबहादुर गुरुङले बताए ।
अबिरल बषर्ा संगै गाउँ नजिकै पहिरो आउँदा त्यहाँको करीब ६० रोपनी खेत पुरिएको छ । जमीन भासिने र पहिरो आएका कारण स्थानीय
पानी अझै परिरहृयो भने के हुने भन्ने डरले स्थानीयबासीलाई सताएको छ ।
वासिन्दा त्रासमा बाँच्न विवश छन् ।

No comments:

Post a Comment