scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, August 21, 2008

लमजुङमा राहत संकलन शुरु


बेसीशहर, भदौ ५
सप्तकोशीको बाढीबाट डुवानमा परका पीडितहरुलाई लमजुङबाट राहत संकलन गर्न थालिएको छ ।
माओवादीको भातृसंगठन वाइसिएलले आजबाट लमजुङ सदरमुकाम बेसीशहरमा राहत संकलन शुरु गरेको हो । आज बिहानबाट बेसीशहरको मनाङ्गे चौताराबाट शुरु भएको राहत सङ्ककलन कार्यक्रममा सयौं स्थानीयबासी तथा र्सवसाधारणले मन फुकाएर कपडा, नगद तथा अन्य जिन्सी सामान सहयोग गरेका छन् । बिहीबार साँझसम्म २१ हजार नगद र त्यति नै मात्राको जिन्सी सहयोग संकलन भएको वाइसिएल लमजुङका कार्यालय सचिव जनक महताराले बताउनुभयो ।
वाइसिएलले जिल्लाका सुन्दरबजार, भोटेओडार, उदीपुरलगायतका बजार क्षेत्रमा पनि भोलीदेखि राहत संकलन गर्ने बताएको छ ।
यसैबीच दैवी विपत्तीमा परेकाहरुलाई राहत संकलनका लागि शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको वैठकले लमजुङ उद्योग बाणिज्य संघ, नागरिक समाजलगायत विभिन्न संघ संस्थाहरुको समन्वयमा राहत संकलन गर्ने निर्ण्र्ााभएको छ । त्यस्तै जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरुले पनि वाढी पीडित तथा सप्तकोशीको डुवानबाट पीडितहरुलाई राहत उपलब्ध गराउने भएका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङले सहयोग गर्न इच्छुक जिल्लास्थित विभिन्न संघ संस्था, गैरसरकारी संस्थालाई रा.बा.बैंक बेसीशहर शाखाको च.हि.नं. ३८/११ ख १ मा रकम जम्मा गर्न अनुरोध गरेको छ ।

No comments:

Post a Comment