लमजुङ भदौ ११
पर्यप्त पानी नपरेका कारण उदीपुर गाउँ विकास समिति वडा नं. ७ का किसानहरुले खेत रोप्न पाएका छैनन् ।
असार र साउनमा पनि चाहिनेजति पानी नपरेपछि धान रोप्ने जग्गामा कोदो रोप्नु परेको किसानहरुको गुनासो छ । स्थानीय किसान दानबहादुर मजाकोटी, कर्ण्र्ााादुर गुरुङ, धनमाया गुरुङलगायत किसानहरु धान रोप्न पानी नभएकाले कोदो रोप्नु परेको दुःखी हुँदै सुनाउँछन् । उनीहरु भन्छन्- 'कोदो रोप्यो, बाँदर र भालुले खाइदिन्छ, धान रोप्न बेलैमा पानी परेन । बाँझै राख्न पनि भएन भनेर कोदो रोपिएको किसानहरु बताउँछन् । स्थानीय किसान दानबहादुर मजाकोटीका अनुसार अहिले त्यहाँको करीब २० रोपनी जग्गामा कोदो रोपिएको छ ।
No comments:
Post a Comment