scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, August 27, 2008

अस्पतालमा स्त्रीरोग शिविर

बेसीशहर- यहाँस्थित सामुदायिक अस्पतालमा आगामी भदौ ३१ गते निःशुल्क स्त्रीरोग शिविर सञ्चालन हुने भएको छ ।
सामुदायिक अस्पतालको समन्वय र पोखरास्थित आइ.एन.एफ क्याम्प विभागको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो ।
शिविरमा महिलाहरुको पाठेघर खस्ने, पेटमा पानीको पोका बढ्ने रोगको शल्यक्रिया समेत गरिने बताइएको छ । साथै लामो समयसम्म गुप्ताङ्गबाट रगत र सेतो पानी बग्ने समस्या, लामो समय सन्तान नभएका महिलाहरुको जाँच, सुत्केरी पश्चात पिशाब नरोकिने समस्या र यौन रोगको समेत जाँच तथा उपचार गरिने सामुदायिक अस्पतालले जनाएको छ ।

No comments:

Post a Comment