लगातार परेको बषर्ा र मौसम परिवर्तनको संघारसंगै लमजुङमा विभिन्न रोगका विरामीहरुको संख्या बढेको छ ।
सदरमुकाम लगायतका बजारमा मात्र नभई गाउँ गाउँमा पनि विरामीको संख्या बढ्न थालेपछि जिल्लाको एकमात्र सामुदायिक अस्पतालमा विरामीहरुको भीड लागेको छ ।
अस्पतालमा अहिले विशेषगरि भाईरल ज्वरो, र्टाईफाईड, झाडापखला, रुघाखोकी, आउँ पर्ने लगायतका विरामीहरु आउने गरेको अस्पतालका निर्देशक धर्मराज गोसाइँले बताए ।
अस्पतालमा मात्रै अहिले दैनिक दर्ुइसयको हाराहारीमा बिरामीहरु आउने गरेका छन् ।
५० शैया रहेको अस्पतालमा विरामीको सँख्या बढेपछि विरामीरुलाई बाहिरै राखेर उपचार गराउनुपरेको निर्देशक गोसाइँले बताए । विरामीको चाप बढेपनि अस्पतालले विरामीलाई वार्ड बाहिर प्यासेजमा थप शैया राखेर उपचार ब्यबस्था मिलाएको छ । विरामीको सरसफाइ तथा अस्पताल सरसफाइमा विशेष ध्यान पुर्याइएको अस्पतालले बताएको छ ।
सामुदायिक अस्पतालमा गोरखा,
तनहुँ, मनाङबाट पनि विरामीहरु आउने गरेका छन् ।
बषर्ाका कारण दूषित खानेपानी र मौसम परिवर्तनका कारण पनि विभिन्न रोगको संक्रमण वढ्ने गरेको लमजुङ सामुदायिक अस्पतालका मेडिकल र्डाईरेक्टर डाक्टर जगन्नाथ तिवारीले बताए । उनका अनुसार अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका अधिकांश विरामी अस्पतालमा भर्ना भएका छन् । लमजुङ सामुदायिक अस्पतालमा मात्र नभएर सदरमुकाम वेसीशहर लगायत भोटेवडार, सुन्दरवजार, खुदी, भोर्लेटार, दर्ुइपिप्ले लगायतका स्थानमा बजार तथा ग्रामीण क्षेत्रमा पनि भाइरल ज्वरो, टाइफाइड, झाडापखाला, रुघा खोकीका विरामी बढेका छन् ।
स्थानीय स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र औषधी पसलहरुमा समेत विरामीहरुको उल्लेख्य भीड लाग्ने गरेको छ । नीजि क्लिनिकहरुमा पनि अहिले विरामीहरुको निकै चाप छ । अघिपछि प्रायः सुनसान रहने ती क्लिनिकहरुमा अहिले विरामीहरु वढ्न थालेपछि स्वास्थ्यकर्मीलाई भ्याई नभ्याई छ ।
यता, गाउँगाउँमा विरामी बढेका कारण स्वास्थ्य संस्थामा औषधीको अभाव सिर्जना भएको छ । गाउँगाउँमा औषधीको अभाव वढ्न थालेपछि र्सवसाधारणहरु छिमेकी गाउँको स्वास्थ्य चौकीहरुमा गएर सेवा लिन वाध्य भएका छन् । गाउँगाउँका स्वास्थ्य संस्थामा अहिले टाउको, पेट, आँखा तथा घाउखटिराका रोगसंवन्धि औषधीको अभाव खडि्कएको छ ।
कुनै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा विरामीहरु अलपत्र परेका छन् । विरामीहरु अलपत्र परेपछि दर्ुगम वस्तीका र्सवसाधारणहरु दर्ुइ/तीन दिन लगाएर सदरमुकाम वेसीशहर धाउन बाध्य छन् ।
सामान्य विरामी हुँदा आफ्नै गाउँको स्वास्थ्य संस्थामा एक्लै जाने गरेका विरामीहरुलाई लिएर परिवार नै सदरमुकाम वेसीशहर आउनुपर्ने बाध्यता छ । परिवार नै वेसीशहर झरेपछि उनीहरुको दैनिक कार्यसमेत अलपत्र परेको छ ।
No comments:
Post a Comment