बेसीशहर- नेवारी समुदायमा प्रचलित गाईजात्रा उत्सव यस बर्षपनि बेसीशहरमा विभिन्न कार्यक्रमका साथ मनाइयो ।
आइतबार बेसीशहरमा परम्परागत रुपमा निस्कने गाइजात्राका ३ वटा झाँकी निकालिए । स्वर्गिय समाजसेवीद्वय चिजकुमार पिया र रमेश कुमार पियाको घरबाट गाइजात्रे झाँकी निकालिएको थियो । गाईजात्राकै अवसरमा बेसीशहरमा विभिन्न सांस्कृतिक झाँकी, नृत्य, ब्यांग्यात्मक रचना तथा प्रहसनहरु प्रस्तुत गरिए । हिमालचुली कला साहित्य प्रतिष्ठान, मर्स्याङदी युवा क्लव, रेडियो मर्स्याङदी, लताकुञ्ज मावि सिउरुङ तथा न्यू भिजन मल्टीमिडीयाको संयुक्त आयोजनामा गाईजात्रे कार्यक्रम मनाइएको थियो ।
गाईजात्राकै अवसरमा बेसीशहर युथ सोसाइटीले पनि एक सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले आ-आफ्ना कला प्रस्तुत गरेका थिए ।
मल्लकालीन राजा प्रताप मल्लले छोराको मृत्युबाट शोकाकुल बनेकी रानीको चित्त बुझाउन शुरु गरेको गाईजात्राले आजसम्म निरन्तरता पाएको छ । नेवार समुदायमा मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गर्दै मृतकका आफन्तको शोक विर्सर्ाा गाइजात्रा निकाल्ने चलन छ । तर हिजो आज सामाजिक, राजनीतिक र अन्य क्षेत्रका विकृति विसंगत्रि्रति ब्यंग्य गर्ने गाईजात्राको उपयोग गरिन्छ ।
No comments:
Post a Comment