बेसीशहर- मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको ठेकेदार कम्पनीको कार्यालय रहेको स्थलमा प्राकृतिक शिक्षण अस्पताल राख्ने वा सैनिक ब्यारेक राख्ने भन्ने विषयमा वहस शुरु गर्नुपर्ने भएको छ ।
गत बर्षअसोज १७ गते बेसीशहरमा आयोजित र्सवपक्षीय भेलामा उक्त स्थानमा सर्वोदय प्राकृतिक शिक्षण अस्पताल निर्माण गर्न प्रारम्भिक सहमति भैसकेको थियो । तर केही समय अघि नेपाली सेनाले उक्त स्थानमा सैनिक ब्यारेक राख्नका लागि केन्द्रीयस्तरबाटै कदम चालेपछि उक्त स्थानमा सैनिक ब्यारेक वा शिक्षण अस्पताल कुन राख्ने भन्ने विषयमा बहसको आवश्यकता परेको हो ।
गत बर्षअसोज १७ गतेको र्सवपक्षीय वैठकमा मध्यमर्स्याङदी जलविद्युत परियोजनाको निर्माणस्थलमा रहेको परियोजनाद्वारा अध्रि्रहण भएको जग्गा र सो स्थानमा रहेको ठेकेदार कम्पनीको कार्यालय भवनहरु सर्वोदय सेवाश्रमले सञ्चालन गर्ने योग, प्राकृतिक चिकित्सा र आयर्ुर्वेदको शिक्षण अस्पताल सञ्चालन गर्न उपलब्ध गराउन सहमति भएको थियो ।
त्यस कामका लागि स्थानीय बासीन्दा, परियोजना पक्ष, नेपाल सरकार र जर्मन दूतावाससंग सर्वोदयले आवश्यक समन्वय गर्ने र जिल्लास्थित सबै राजनीतिक दल र र्सवपक्षले सहयोग गर्ने निर्ण्र्ाापनि भएको थियो ।
वैठकमा सहायक प्रमुख जिल्ला अधिकारी रामकाजी खनाल, कांग्रेस सभापति तुलसीनारायण श्रेष्ठ, एमाले सचिव मायानाथ अधिकारी, माओवादी प्रतिनिधि मेखबहादुर भण्डारी, जनमोर्चाका उपाध्यक्ष देवबहादुर गहतराज, योग, प्राकृतिक चिकित्साका विशेषज्ञ डा. हर्रि्रसाद लगायत २२ जनाको सहभागिता थियो ।
उक्त सहमति पश्चात सर्वोदयले उक्त स्थानमा र्सवधारा प्राकृतिक शिक्षण अस्पताल निर्माणका लागि विभिन्न संघ संस्थाको सिफारिस र र्समर्थन लिइसकेको थियो । स्थानीय बासीन्दा पनि आयर्ुर्वेदिक अस्पताल आउने आशामा खुशी नै थिए । अस्पताल निर्माणको लागि केही दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय पुगेका सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियालाई प्रजिअ हरिकृष्ण उपाध्यायले उक्त स्थानमा सैनिक क्याम्प राख्न सेनाले कुरा अगाडि बढाइसकेकोले त्यसतर्फकुरा अघि नबढाउन सुझाव दिए पछि उनी निराश भई फर्केका थिए ।
ओलियाका अनुसार नेपाल संस्कृत विश्वविद्यालयसंग सर्वोदयले आयर्ुर्वेदको शिक्षण अस्पताल सञ्चालनका लागि सम्बन्धन लिने अन्तिम तयारी गरेको थियो । साथै आयर्ुर्वेदका डाक्टर, विशेषज्ञहरुसंग सल्लाह भई उनीहरु भौतिक संरचना प्राप्त हुनासाथ लमजुङ आउने तयारीमा थिए ।
आयर्ुर्वेदिक अस्पतालको सट्टा सैनिक ब्यारेक आउने सुनेपछि स्थानीय बासीन्दा पनि दुःखी छन् । स्थानीय ब्यापारी ध्रुवदेव जोशी सैनिक क्याम्प भन्दा अस्पताल राख्नु धेरै कारणले उपयुक्त हुने धारणा राख्छन् ।
मध्यमर्स्याङदी जलविद्युत परियोजनाले द्वन्द्धकालमा परियोजनाको बाधस्थलको पर्ूवपट्ट िसैनिक क्याम्पका लागि जग्गा अध्रि्रहण समेत गरिसकेको छ । द्वन्द्धकालमा माओवादीले उक्त स्थानमा बन्न लागेको भवन भत्काइदिएको थियो । हाल त्यसै रहेको जग्गालाई सैनिक उपयोगमा राख्दा परियोजनाको सुरक्षाका लागिसमेत उपयुक्त हुने हुनाले ठेकेदार डि.डि.सीको प्रशासनिक काम हुने जग्गा र भवनमा आयर्ुर्वेदिक अस्पताल सञ्चालन गर्न स्थानीयबासीको माग छ ।
No comments:
Post a Comment