लमजुङ भदौ ११
निर्माणाधीन मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाबाट निस्कने कवाडी सामानका लागि पहिलोपटक बोलपत्र आहृवान भएको १ महिना बित्दा पनि अहिलेसम्म कसैले बोलपत्र पेश गर्न सकेको छैन ।
बोलपत्र आहृवान भएदेखिनै राष्ट्रिय बाणिज्य बेंक बेसीशहरमा भौचर भर्न नदिन र परियोजनाको कार्यालय फेदिकुनामा बोलपत्र फारम खरीद गर्न नदिन एक अज्ञात समूह विगत १ महिनादेखि क्रियाशील छ ।
परियोजनाको फेदीकुनास्थित कार्यालय १ महिनायता काठमाडौं पोखरादेखि आएका अज्ञात युवा शक्तिको निगरानीमा छ । जो कोही पनि नयाँ मान्छे आउनासाथ ती युवाहरुले खानतलासी गर्ने गरेका छन् । बोलपत्र पेश गर्न आएको शंकामा त्यहाँ पुग्ने जो कोहीलाई पनि राम्ररी खानतलासी लिएर मात्र भित्र पस्न दिइएको छ । यतिसम्मकी प्राधिकरणका कर्मचारीसमेतले विना खानतलासी कार्यालय भित्र प्रवेश पाउन सकेका छैनन् ।
जसो तसो फेदीकुनास्थित प्राधिकरणको कार्यालयमा छिरेर बोलपत्रको फारम खरीद गरेका भोटेओडारका र्सर्ूयमान श्रेष्ठको हातबाट फारम लुटेका छन् । त्यस्तै युवाहरुले फारम भरेर बुझाउन गएका चितीका शम्भू जोशीलाई त्यहाँ तैनाथ 'युवा शक्ति'ले कुटपिट गरी फिर्ता पठाइदिर्एर् इच्छुक केहीले बोलपत्र खरीद गरे पनि अहिलेसम्म कसैले पनि बोलपत्र पेश गर्न सकेको छैन । मध्यमर्स्याङदी जलविद्युत परियोजना ले त्यहाँभित्रको काम नलाग्ने कवाडी सामान ठेक्कामा विक्री गर्न गत साउन १५ गते १ करोड ५ लाख ७३ हजार १ सय ८७ रुपैँयाको न्यूनतम कबोल रकम तोकेर बोलपत्र आहृवान गरेको थियो । करोडौंको कवाडी सामान भएका कारण यो ठेक्का हात पार्न देशभरका ठूला ठूला ठेकेदारहरु देखि स्थानीय क्लव, नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेसम्बद्ध युवाहरुसमेत लागि परेका र त्यसका लागि उनीहरुले काठमाण्डौ,पोखरा र चितवन देखि दर्जनौ यूव्ााहरु ल्याएका कवाडीको ठेक्का लिन चाहनेहरु बताउँछन् । ती यूवाहरु सदमुकाम बेसीशहर र भोटेवडारका होटलहरुमा राखिएको छ । जसका कारण भोटेओडार, सुन्दरबजार र आंशिक रुपमा बेसीशहर बजारमासमेत सम्भावित झडपका कारण सन्त्रास छाएको छ ।
निर्बाध रुपमा सबैले टेण्डर हाल्न नपाएको गुनासो बढेपछि परियोजनाले शुक्रबार एक सूचना जारी गरि टेण्डर फारम लिने र भौचर भर्ने ठाउँ समेत थप गरेको छ । यस अघि भौचर भर्ने व्यबस्था राष्ट्रिय बाणिज्य बैकमा मात्र गरिएकोमा अहिले ललितपुरको पुल्चोकस्थित नेपाल इन्भेष्टमेन्ट बैंक बाट समेत भौचर भर्न सक्ने व्यबस्था गरेको छ । यस अघि टेन्डर फारम परियोजनाको फेदीकुनास्थित कार्यालयबाट मात्र लिने ब्यबस्था भएकामा अहिले प्राधिकारणको प्रधान कार्यालय रत्नपार्क र जिल्ला प्रशासन कार्यालय लमजुङबाट समेत टेण्डर फारम खरीद गर्न सकिने ब्यवस्था गरिएको छ । तर भरिएका बोलपत्र फारम बुझाउन फेदीकुनास्थित परियोजनाको कार्यालय मात्र तोकिएकाले समस्या ज्यूँका त्यूँ छ । हुलाक र कुरियर मार्फ पठाइएको बोलपत्रसमेत कार्यालयबाहिर बसेको युवा जमातले भित्र छिर्नै नदिएका खबर प्राप्त भइरहेका छन् ।
कवाडीको ठेक्का आफ्नो पक्षमा पार्न वाईसिएलले परियोजना कार्यलय वाहिर युवाहरु तैनाथ गराएको ठेकेदारहरुको आरोप छ । सदरमुकाम बेसीशहर, सुन्दरवजार र भोटेवारका स्थानीय युवा र जिल्ला बाहिर तथा भित्रका ठेकेदारहरु बीचको अस्वस्थ प्रतिस्पर्धाले कुनै पनि बेला लमजुङ रणसंग्राम हुने खतरा बढ्दै गइरहेको छ । स्थानीय प्रशासनलाई यसको राम्रो जानकारी हुँदा हुँदै पनि जिम्मेवार बन्न सकिरहेको छैन । २/४ जना प्रहरी फेदीकुनामा खटाएर प्रशासनले आफ्नो निरीहता देखाएको छ । ठेक्काको विषयमा जिल्लाबाहरबाट हुलका हुल युवा परिचालन भएको, हतियारसहितका उनीहरुका संदिग्ध क्रियाकलापबाट प्रहरी बेखबर छैन तर यसको सहज निकासका लागि पहल नहुँदा कतै प्रहरी प्रशासन पनि करोडौंको ललिपपमा त भुलेको छैन भन्ने शंका स्थानीयबासी गर्न बाध्य छन् ।
बोलपत्र आहृवान भएको १ महिना वित्न लाग्दा पनि बोलपत्र खरीद गर्न र पेश गर्न अबरोध आएको विषयमा परियोजनाले स्थानीय प्रशासनलाई कुनै किसिमको जानकारी नगराउनु अर्को विडम्बना बनेको छ । कतै पर्दा पछाडि कुनै किसिमको खेल त भइरहेको छैन - शंका गर्न सक्ने प्रशस्त ठाउँ देखिएका छन् । गत शुक्रबार मात्र त्यहाँको वस्तुस्थिति बझन पुगेका स्थानीय पत्रकारहरुलाई समेत कार्यालय बाहिर निगरानीमा बसेका युवाहरुले रोक्न खोजे । तर उनीहरुको कुरा नसुनी सरासर भित्र पसेका पत्रकारहरु बाहिर निस्कँदा भने कुनै अबरोध भएन । जबकि यस अघि कार्यालय भित्र छिरेर बोलपत्र खरीद गरी बाहिर निस्कनेहरुको खानतलासी गरी बोलपत्र नै लुटिनुलाई कुन अर्थले बुझने - कतै त्यहाँका कर्मचारीले संकेत त गरेका छैनन - बोलपत्र खरीद गरे नगरेको बाहिर बस्नेलाई तत्काल कसरी थाहा हुन्छ -
कवाडीको विषयमा गत साउन २२
र २३ गते बेसीशहरमा ठूलै घट्ना
घट्न गयो । वाइसिएल र स्थानीय युवाहरुबीच टेण्डरकै विषयमा झडप हुँदा ४ जना घाइते भए । घटनाले उग्ररुप लिएपछि स्थानीय प्रशासन १२ घण्टासम्म कर्फ्र्यु लगाउन बाध्य भयो । उक्त घटना पछि सबैले टेण्डर हाल्न पाउने सहमति भएर कर्फ्र्यु हटे पनि सहमतीको कार्यान्वयन हुन अझै सकेको छैन् ।
मध्यमर्स्याङदीको कवाडी टेण्डरका लागि भदौ १२ गते मध्यान्ह १२ बजेसम्म दरभाउ पत्र पेश भैसक्नुपर्ने प्राधिकरणको सूचना छ भने टेण्डर भदौ १३ गते दिउसो २ बजे खुल्दैछ । अहिलेसम्म अप्रिय घटना नघटे पनि १२ गते ठूलै भीडन्त हुन सक्ने सनसनी फैलिएपछि स्थानीयबासी आतङ्कति छन् ।
निर्माणको अन्तिम चरणमा पुगेको मध्यमर्स्याङदी जलबिद्युत परियोजनाले परियोजनाको अहिलेसम्मको कवाडी एकै पटक लिलाम गर्न लागेको हो । १ करोड ५ लाख ७३ हजार १ सय ८७ रुपैँयाको न्यूनतम कबुल कायम गरी निकालिएको भए पनि उक्त कवाडी विक्री गर्दा कम्तीमा पनि १० करोडको हुने अनुमान छ । यति ठूलो रकमको कवाडी सामान भएकाले त्यसलाई जो कोहीले पनि हात पार्न खोज्नु अस्वभाविक मान्न सकिँदैन तर त्यसका लागि स्वस्थ प्रतिस्पर्धा नगरी हतियार र शक्तिको दम्भ देखाउनेलाई नियन्त्रण गर्नै पर्ने र्सवसाधारणको माग छ ।
No comments:
Post a Comment