scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, August 27, 2008

अस्पतालमा तालिम केन्द


लमजुङ भदौ ११
आफ्नो प्राणभन्दा प्यारो छोेरा गुमाउनुपरेको पीडा मनभरी बोकेर बाँचिरहेका अमेरीकी दम्पती डा. जिम र मेरिलिन साइमन मंगलबार निकै खुशी देखिन्थे ।
आफ्ना दिवंगत छोरा निकलाई चिर स्मरणमा राख्न लमजुङ सामूदायिक अस्पतालमा स्वास्थ्य प्रशिक्षण केन्द्र निर्माण गर्न पाउँदा जिम दम्पतीको अनुहारमा उज्यालो छाएको थियो ।
अमेरिकन नागरिक डा. जिम र्साईमनको परिवारले आफ्नो छोरा निक र्साईमनको सम्झानमा लमजुङ सामूदायिक अस्पतालमा स्वास्थ्य प्रशिक्षण केन्द्र निर्माण गर्न मंगलबार १ करोड रुपैँया सहयोग गरे । त्यसमा १० लाख थपेर भवन निर्माण गरिने छ ।
लमजुङ सदरमुकाम वेसीशहरको जिल्ला सामुदायिक अस्पताल परिसरमा स्थापना हुन लागेको प्रशिक्षण केन्द्रको मंगलवार जिम साइमन्स परिवारर्,र् इन्स्िटच्युटका अध्यक्ष तथा पर्ूव मन्त्री भेषबहादुर थापा, स्वास्थ्य विभागका महानिर्देशक डा. गोविन्द ओझाले संयुक्त रुपमा भवनको शिलान्यास गरेका थिए ।
शिलन्यास पछि जिमले भने- 'छोरा गुमाउनुपरेको पीडामा साँचेको सपना पूरा गर्दैछौ ।' छ बर्षअघि नेपाल भ्रमण गरी इन्डोनिसिया भ्रमणमा गएका निकको स्वीमिङ पुलमा डुवेर मृत्यु भएको थियो । छोरा गुमाउनुपरेको पीडा विर्सने प्रयास गर्दै जिम दम्पतीले भने- 'निकले नेपाललाई निकै माया गथ्र्यो। निकको मायाको चिनोको रुपमा नेपालका ९ जिल्लाका सामुदायिक अस्पतालहरुमा सहयोग गर्दैछौं ।' जिम दम्पतीले लमजुङ सहित पाटन, पाल्पा, बाजुरा, डडेलधुरा, बाग्लुङ, दोलखा, बजाङ र झापामा रहेका सामुदायिक अस्पतालमा सहयोग गर्ने भएका छन् । र्
स्वास्थ्यकर्मीको क्षमता बृद्धि गर्न स्वास्थ्य प्रशिक्षण केन्द्र स्थापना हुन लागेको अस्पतालका निर्देशक धर्मराज गोसाइँले बताए । भवन शिलान्यास कार्यक्रममा निक साइमन्र्सर् इन्स्िटच्यूटका अध्यक्ष तथा पर्ूव मन्त्री एवं कुटनीतिज्ञ डा. भेषबहादुर थापा, स्वास्थ्य मन्त्रालयका सहसचिब डा. शैलेन्द्रराज उप्रेती, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक अर्जुन बहादुर सिंह, मानव विकास तथा सामुदायिक सेवा केन्द्रका निर्देशक डा. तर्ीथ थापालगायतले मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment