निर्माणाधिन मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाले आहृवान गरेको कवाडी सामानको ठेक्का -बोलपत्र) अन्ततः सुरक्षाका कारण देखाएर हाललाई स्थागित गरिएको छ ।
सामान्य विवाद पछि हिंसात्मक रुप लिन पुगेको कवाडी ठेक्का हाललाई स्थगित गरिए पनि ठेक्का प्रकरणले कुनै पनि दिन पुनः अप्रिय घटना घट्न सक्ने सम्भावना अझै बाँकी छ । शान्ति सुरक्षा मजबुत बनाई बोलपत्र खरीद र दाखिला गर्ने ब्यवस्था मिलाउनुको सट्टा स्थगित गरेर स्थानीय प्रशासनले सम्भावित दर्ुघटनालाई निम्तो मात्र दिएको छैन, केही गर्न नसक्ने निरीहता देखाएको छ। जसका कारण प्रशासनको आलोचना भएको छ ।
गत साउन १५ गते परियोजनाले परियोजनाको कवाडी ठेक्काका लागि बोलपत्र आहृवान गरेको थियो । आहृवान भए लगत्तै बोलपत्र खरीद र दाखिला गर्न अबरोध हुँदै आए पछि र कवाडीकै विषयमा शान्ति सुरक्षामा खलल पुग्ने अवस्था देखिएको भन्दै जिल्ला सुरक्षा समिति लमजुङले सुरक्षाको कारण देखाई ठेक्का स्थगित गर्न भदौ १२ गते परियोजनालाई सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा परियोजनाले सोही दिन स्थगित भएको सूचना जारी गरेको हो ।
परियोजनाले बोलपत्र खरीद र दाखिलाका लागि भदौ १३ गते मध्यान्हसम्मको समय सिमा तोकिएको थियो । प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका अध्यक्ष हरिकृष्ण उपाध्यायले बोलपत्र खरीद र दाखिला गर्न बोलपत्र आहृवान भएदेखिनै अबरोध हुँदै आएको अबरोधका लागि जिल्लाबाहिरबाट अराजक समूह जिल्ला भित्रने क्रम बढेपछि स्थगित गर्न सिफारिस गरिएको बताए ।
परियोजनाले बोलपत्र आहृवान गरेदेखिनै राष्टिय बाणिज्य बेंक बेसीशहरमा भौचर भर्न नदिन र परियोजनाको कार्यालय फेदिकुनामा बोलपत्र फारम खरीद गर्न र दाखिला गर्न नदिन छुट्टा छुट्टै समूह विगत १ महिनादेखि क्रियाशील थियो ।
परियोजनाको फेदीकुनास्थित कार्यालय १ महिनायता पोखरादेखि आएका युवा शक्तिको निगरानीमा थियो । ती युवाहरुले प्राधिकरणका कर्मचारी देखि त्यहाँ पुग्ने जो कोहीलाई पनि खानतलासी लिएर मात्र भित्र पस्न अनुमति दिने गरेका थिए । जसका कारण अन्तिम अवस्थासम्म पनि बोलपत्र पेश हुन सकेको थिएन । त्यस्तै अर्को समूहले राबाबैंक बेसीशहरमा धर्ना बसी सोही टिेण्डरको भौचर भर्न दिएको थिएन ।
फेदीकुनामा सक्रिय रहेको जमातसंग आफ्नो संगठनको सम्बन्ध नभएको वाइसिएलले भन्दै आए पनि अन्ततः उक्त समूह वाइसिएलकै निर्देशनमा रहेको रहस्य खुलेको छ । त्यस्तै राबाबैंक बेसीशहरमा भौचर भर्न नदिन सक्रिय युवा जमात भने स्थानीय क्लवहरुको निर्देशनमा बसेको तथ्य र्सार्वजनिक भएको छ । ठेक्कापट्टाको भौचरकै विषयमा गत साउन २२ र २३ गते वाइसिएल र स्थानीय युवाबीच झडप हुँदा दुवै पक्षका गरी ४ जना घाइते भएका थिए भने २३ गते दिनभर बेसीशहरमा कर्फ्र्यु लागेको थियो । दुवै पक्षले भौचर भर्न र दखिला गर्न कुनै अवरोध नगर्ने प्रतिवद्धता जनाए पनि कार्यान्वयन नभए पछि अराजकताको स्थिति बढ्दै गएको थियो ।परियोजनाले कवाडी सामान ठेक्कामा विक्री गर्न गत साउन १५ गते १ करोड ५ लाख ७३ हजार १ सय ८७ रुपैँयाको न्यूनतम कबोल रकमको बोलपत्र आहृवान गरेको थियो ।
No comments:
Post a Comment