बेसीशहर भदौ १६ गते
हिलेटक्सार गाउँ विकास समितिमा झाडापखालावाट एक बालिकाको मृत्यु भएको छ ।
उक्त गाविसको वडा नं. १, कोल्की गाउँकी १३ वषिर्या लक्ष्मी बिश्वकर्माको झाडा पखलाबाट शनिबार मृत्यु भएको हो । स्थानीय जयदेबी निम्न माध्यमिक विद्यालय कक्षा ३ मा पढ्दै गरेकी लक्ष्मीको समयमै उपचार हुन नसकेपछि मृत्यु भएको बताइएको छ । घरभन्दा १ घण्टाको दुरीमा स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य केन्द्र लैजानुको सट्टा उनलाई धामी झाँक्री लगाइ उपचार गराएका कारण उनको मृत्यु भएको जयदेबी निम्न माध्यमिक विद्यालयका शिक्षक बेदराज खनियाले वताए ।
करीब ३० घर रहेको कोल्की गाउँमा केही दिन यता झाडापखला, निमोनिया र र्टाईफाईडको प्रकोप बढेको शिक्षक खनियाले बताए। जसका कारण गाउँका २० भन्दा बढी बालबालिकाहरु विरामी भएका छन्् ।

No comments:
Post a Comment