scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 9, 2008

४ को मृत्यु, दर्जनौं विस्थापित


बेसीशहर, भदौ १६
एक साता यता परेको अविरल वषर्ाका कारण लमजुङमा ३ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परी एक दर्जन घर भत्केका छन, ५ वटा घर बगेका र पैंतालिस भन्दा बढी घर परिवार विस्थापित भएका छन् । बाढी र पहिरोले जिल्लाका विभिन्न भागमा करोडौं रुपैयाँको धनमाल नोक्सानी भएको छ ।
बषर्ाका कारण गत शनिबार विहान ७ बजे तार्कुघाट गाविसको वडा नं. ७ मा पहिरोले घरसमेत बगाउँदा एकाघरका देवरानी र जेठानीको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुमाया नेपाली र समुद्र नेपाली छन् । वषर्ाका कारण पछाडिको भेल तर्काउन जाँदा एक्कासी पहिरो आई घरसहित ३ जनालाई बगाएको थियो । पहिरोमा परेका मध्ये सीता नेपालीलाई स्थानीय बासी र प्रहरीको सहयोगमा जिवितै उद्दार गरि उपचारका लागि काठमाडौं लगिएको छ । भीषण बषर्ा पछि गत बुधवार खुदी खोलामा आएको बाढीले धादिङ घर भइ खुदीमा बस्दै आएका सीताराम तामाङलाई बगाएको छ ।
बाढीपहिरोबाट खुदी गाविसका १२, तार्कुघाट गाविस र फलेनी गाविसका १०/१० घर, धमिलिकुवाका ५, भलायखर्कका ५, मोहोरियाकोट २ र घनपोखरा, भारते र र्सर्ूयपाल गाविसका १/१ घरपरिवार विस्थापित भएका छन् ।
तार्कुघाट गाविसको वडा नंम्बर ८ भैसी खोलामा आएको बाढीले राम बहादुर रानाभाटको घर भत्काएको छ । बाढीले सोही ठाउँका कूलप्रसाद रिजालको धन्सार बगाएको छ । सोही गाविसको वडा नं. ४ का हर्कबहादुर अछामी र ज्ञानबहादुर अछामीको परिवार पहिरोका कारण विस्थापित भएका छन् । पहिरोका कारण वडा नं. ४ र ५ मा पाइप बगाउँदा खानेपानी अवरुद्ध भएको छ ।
तार्कुघाटकै वडा नं. ३ मा पहिरो आउँदा जमुना गुरुङको घर पर्ूण्ारुपमा
क्षत्रि्रस्त भएको छ । पहिरोका कारण सुन्दरबजार गाविसका वडा नं. ८ का प्रेमलाल श्रेष्ठ र प्रेमबहादुर अधिकारीको घरमा पहिरोले क्षति पुर्‍याएको छ । वषर्ाका कारण शनिबार धमिलिकुवाको लुपु खोलामा आएको बाढीले खानेपानीको मुहान र पाईप वगाएपछि स्थानीय वासिन्दा खानेपानीवाट बञ्चित भएका छन् । त्यस्तै बाढीले खानेपानीको मुहान र पाईप बगाउँदा तार्कुघाट गाविसमा पनि का करीब सय घरपरिवार खानेपानीवाट बञ्चित भएका छन् । त्यस्तै बाढीले खानेपानीको पाईप वगाएपछि खुदीबजारका करीब सय घरपरिवार खानेपानीवाट बञ्चित छन् ।
बुधवारदेखि परेको भीषण बषर्ाका कारण पश्चिम लमजुङको इशानेश्वर गाविसमा मिदिम खोलाको बाढीले इशानेश्वर फाँटको करीब सयौं रोपनी धान खेत बगरमा परिणत गरिदिएको छ । बाढीले कटान गर्दा स्थानीय लक्ष्मीबजार र स्याउली बजारका १ सय घर जोखिममा छन् । तीन दिनदेखि खोलामा बाढी नघटेपछि त्यहाँका बासीन्दाले रातमा पनि चैनले बस्न नपाएको गुनासो गरेका छन् ।
स्थानीय लक्ष्मीबजार निवासी लक्ष्मी प्रा.वि का शिक्षिका सरिता पोखरेलका अनुसार मिदिम खोलाले शुक्रबार एक अज्ञात ब्यक्तिलाई बगाएको छ । उनको सनाखत हुन सकेको छैन । स्थानीय घार्ते खोलामा आएको बाढीले बसन्त गिरीको घर भत्के पछि उनी परिवारसहित आफन्तकहाँ शरण लिइरहेका छन् ।
यसैगरी खुदी खोलामा आएको बाढीले बुधवार र शुक्रबार गरी २ घर बगाएको छ । पछिल्लो पटक शुक्रबार घनपोखरा १ का रामकृष्ण गुरुङको घर बगाएको हो । बाढीका कारण खुदी खोला छेउछाउका १३ घर विस्थापित भएका छन् । बाढीले त्यहाँको झोलुंगे पुलमा पनि क्षति पुर्‍याएको छ । बाढीले ४ मेघावाटको खुदी जलविद्युत परियोजनाको पेनस्टक पाइप बगाएको र पावरहाउसमा बाढी पसेपछी विद्युत उत्पादन बन्द भई करीब ३ करोडको क्षति भएको छ । क्षत्रि्रस्त आयोजनाबाट पुनः विद्युत उत्पादन गर्न ३ महिना लाग्ने आयोजनाका प्रमुख सुन्दर पौडेलले बताए ।
घनपोखरा वडा नं. ८ को सब्जीधातुस्थित खहरे खोलामा आएको बाढीले त्यहाँको झोलुंगे पुल बगाएको छ । बाढी खेतमा पस्दा १ सय रोपनी खेत बगर बनेको छ । त्यस्तै छेपारे खेालामा आएको बाढीले काठको फड्के बगाएको छ भने सोही गाविसको तातोपानी भीरमा पहिरो आउँदा आवत जावत गर्ने बाटो बन्द भएको छ ।
अविरल बषर्ाका कारण भोर्लेटार गाउँ विकास समितिको पिस्ती खोलामा आएको बाढीले भोर्लेटार खानोपानी योजना अबरुद्ध भएको छ ।
बाढीले खानेपानीको पाइप बगाउँदा भोर्लेटारका करीब २ सय घर आकासे पानी खान बाध्य छन् । बाढीका कारण दमौली-भोर्लेटार सडक खण्ड पनि ठाउँ ठाउँमा अबरुद्ध छ । पिस्ती खोलाको वाढीले ३ वटा फड्के बगाएपछि आवत जावतमा समेत समस्या भएको छ । बषर्ाका कारण भोर्लेटारको जलदेवी मन्दिर नजिकै करीब २ सय मीटर पहिरो खस्दा भोर्लेटार सिंचाइ आयोजनासमेत क्षत्रि्रस्त भएको छ ।
हाँडी खोलाको बाढीले बांग्रेवेसी सिञ्चाइ नहर क्षत्रि्रस्त भएको छ । बाढीले त्यहाँका टीकाराम रानाभाट र सिमबहादुर रानाभाटको घर भत्काएको छ भने सयौं रोपनी धान खेत नष्ट भएको छ । त्यसैगरी पाउँदी खोलामा आएको बाढीले त्यहाँका सयौं रोपनी खेत कटान गरेको छ । बाढीले हाँडेटार सिञ्चाइ आयोजनाको मुहान बगाएपछि सयौं हेक्टर धान खेत प्रभावित भएको छ ।
अबिरल बषर्ाको कारण डुम्रे बेसीशहर सडक खण्डका विभिन्न भागमा पहिरो आउँदा शनिबार दिनभर यातायात अबरुद्ध भयो ।

No comments:

Post a Comment