scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 9, 2008

सुनचा“दी ब्यवसायी संघमा मनिलाल



बेसीशहर, भदौ २३
नेपाल सुनचाँदी ब्यवसायी संघ लमजुङको बाषिर्क साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन शनिबार बेसीशहरमा सम्पन्न भयो ।
संघका अध्यक्ष हरिबहादुर विश्वकर्माको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष मोहनकुमार विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले मनिलाल विश्वकर्माको अध्यक्षतामा नयाँ कार्य समिति र्सबसम्मत रुपले चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा दण्डबहादुर विश्वकर्मा, सचिवमा रविन विश्वकर्मा, सहसचिवमा देवबहादुर विश्वकर्मा, कोषाध्यक्षमा दीपक विश्वकर्मा रहेका छन् ।
त्यसैगरी नवगठित समितिको सदस्यमा बमबहादुर विश्वकर्मा, तोत्रबहादुर विश्वकर्मा, गंगालाल धमाल, दिपेन्द्र सुवर्ण्र्ाार, बेलबहादुर विश्वकर्मा, लालबहादुर -अशोक) विश्वकर्मा चयन भएका छन् । नवगठित कार्यसमितिका अध्यक्ष मनिलाल विश्वकर्माले संघलाई नयाँ ढंगले सामाजिक क्षेत्रमा समेत क्रियाशील बनाउने प्रतिवद्धता जनाएका छन् ।
साधारण सभाका अवसरमा संस्थाका सचिव मनिलाल विश्वकर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रविन विश्वकर्माले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा यस बर्षो प्रवेशिका परीक्षामा जिल्ला प्रथम हुने सुरेश खनिया र दलित विद्यार्थी तर्फर्सबाधिक अंक प्राप्त गरी उत्तर्ीण्ा हुने रामशरण नेपालीलाई नगद १ हजार ५ सहित कदरपत्र प्रदान गरिएको थियो । त्यसैगरी कार्य मूल्याङ्कनका आधारमा कार्यसमितिका मनिलाल विश्वकर्मा र दण्डबहादुर सुनारलाई कदरपत्र प्रदान गरिएको थियो ।

No comments:

Post a Comment