scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 23, 2008

एचआइभी संक्रमित ८७ जना


बेसीशहर भदौ ७
लमजुङ जिल्लामा हालसम्म ८७ जना एचआईभी संक्रमित भेटिएका छन् ।
एच आइ भी एड्सको क्षेत्रमा काम गर्ने संस्था लमजुङ सहयोगी समूहको उद्घाटनका अवसरमा यो जानकारी दिइएको हो । कार्यक्रममा जिल्ला एड्स समन्वय समिति लमजुङका कार्यक्रम संयोजक विष्णुबहादुर थापाले ६१ पुरुष र २४ जना महिलाहरुमा एचआईभी संक्रमण देखिएको बताए । एचआईभी संक्रमित मध्ये ४ जनाको मृत्यु भईसकेको पनि सो अवसरमा जानकारी दिइएको थियो ।
प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी तथा जिल्ला एड्स समन्वय समितिका अध्यक्ष दिनानाथ लम्सालले एच आइ भी रोगका बारेमा प्रकास पारेका थिए ।
कार्यक्रममा लमजुङ सहयोगी समूहका अध्यक्ष साधुराम पण्डितले लमजुङमा एच आइ भी संक्रमितहरुको संख्या १ हजारको हाराहारीमा रहेको बताउँदै उनीहरुको सहयोगका लागि समूहले कार्यक्रम विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका थिए ।

No comments:

Post a Comment