
बेसीशहर, असोज ७
सरकारले ल्याएको महत्वाकांक्षी र क्रान्तिकारी बजेट मार्फ आर्थिक बृद्धिदर बढाउने कार्यक्रमका साथै बृद्ध बृद्धा, असहाय, अपाङ्ग, लोपोन्मुख जातजातीका लागि दिइने भत्तामा पनि बृद्धि गराइएकोे छ । महङ्गी बृद्धि संगै राष्ट्रसेवक कर्मचारीहरुका लागि पनि तलब बृद्धि गरेको छ । तलब बृद्धिले उपल्लो स्तरका कर्मचारी भन्दा पनि तल्लो तहका कर्मचारीमा बढी खुसी छाएको छ ।
बजेट भाषण सँगै धेरैै कर्मचारीको मन रमाएको छ । तर कोही यस्ता कर्मचारी पनि छन्, जसलाई वर्तमान सरकारका अर्थमन्त्रीले पेश गरेको बजेट "कागलाई बेल पाक्यो हर्षन विस्मात" भनेजस्तै भएको छ । बजेट भाषणमार्फ अर्थमन्त्रीले कर्मचारीहरुको तलब बृद्धि गरेपछि उनीहरु सरहका कतिपय सरकारी कार्यालयका सहयोगीहरुको तलब छ हजार नाघेको छ तर पनि उनीहरुले महिनाको १ हजार पुग्न सकेको छैन । यस्तै हजार रुपैयाँ तलब देख्न नपाउने सरकारी कर्मचारी हाम्रो जिल्लामा प्रशस्तै देख्न पाइन्छ । त्यस्तैमा एक हुन् धुसेनी गाउँ विकास समिति वडा नं. ५ कोइरालाफाँट स्थित सिद्धिसदन प्राथामिक विद्यालयका पियन शम्ेशर बहादुर थापा । उनको तलब अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले पेश गरेको बजेट पछि आठ सय ५० रुपैयाँ पुगेको छ ।
२०३८ साल फागुनबाट पियनको जागिर खाएका थापाले सोही विद्यालयमा २७ बर्षसम्म काम गरिसके । "सुरुमा तलब एक सय ५० थियो । त्यतिबेला त्यो पैसा मलाई धेरै हुन्थ्यो ।पछि तिन सय सम्म पाएँ"-थापालेलमजुङ आवाजसंग भने-"अहिले तलब जम्मा ८ सय ५० छ । यो पैसाले नून तेल किन्न पनि पुग्दैन, कसरी परिवार पाल्ने -"
बुढेसकालमा छोरा नातिले हर्ेलान् र आराम सँग घरमै बसौभन्ने पनि छैन थापालाई। निसन्तान थापा आँफैले बृद्धा श्रीमती र आफ्नो मुखमा माड यही जागिरबाटै हाल्नर्ुपर्छ । "महङ्गीले आकास छोएको छ, बुढेसकालमा अरु काम गर्न पनि सक्दिन"- आफ्नो पिडा पोख्दै थापा अगाडि भन्छन्- "तलब कहिल्यै बढ्दैन, खै कसरी बाच्ने अब -" थापाका लागि यतिबेला यो जागिर "खाए खा नखाए घिच" भने जस्तै भएको छ । खाउँ त तलबले नुन तेल किन्न पनि पुग्दैन, नखाउँ अर्को काम गर्न पनि सकिदैन । बृद्ध थापा भन्छन्- " हाम्रो सरकारले हाम्रा लागि पनि तलब बढाइदिए त हुन्थ्यो नि -"
२७ बर्षसम्म पियनको जागिर खाए पनि थापा स्थायी भएका छैनन् । विद्यालयका प्रधानाध्यापक रामनाथ पाण्डे भन्छन्- "अहिले सम्म विद्यालयकै प्रशासनिक खर्चबाट तलब खुवाउने गरेका छौं ।" बृद्ध थापा लाई उनले सकेसम्म काम गर्न दिइरहने बताउँदै प्रधानाध्यापक पाण्डे भन्छन्- सरकारले प्रशासनिक खर्चमा बृद्धि गरे थापाको तलबमा पनि केही बढाउन सकिन्छ ।शमशेर बहादुर मात्र होइनन्, लमजुङका प्रायः सबै विद्यालयका पियनहरुको अवस्था उनको भन्दा फरक छैन । विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ८ घण्टा काम गर्दा पनि उनीहरुले न्यूनतम तलब पाएका छैनन् ।
तलब बृद्धि र स्थायी हुन पाउने मागका साथ विद्यालयका पियनहरुले धेरै पटक आन्दोलन गरे । शिक्षक संघ/संगठन देखि उनीहरुको लागि लड्ने एकमात्र संस्था भनि आफूलाई दावी गर्ने शैक्षिक गणतान्त्रिक मञ्चसम्मको आन्दोलनमा विद्यालयको काम छोडेर जागिर नै धरापमा परेर विद्यालयका पियनहरुले सहभागिता जनाए । आन्दोलनले शिक्षकहरुलाई मात्र फाइदा भयो, उनीहरुको कतिपय माग पूरा भए तर पियनहरुको कुनै माग पुरा भएन, उनीहरुको अवस्था अझै नाजुक बन्न पुग्यो । उनीहरुले न त तलब बढी पाए न उनीहरु स्थायी नै भए ।
आन्दोलन पछि पियनहरुले पाउँदै आएको तलबका लागि सरकारले बर्षो पाँच हजार रुपैयाँ विद्यालयको प्रशासनिक खर्चमा बृद्धि गरेको निमित्त जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनाल बताउँछन् । उक्त रकम १ जना पियनका लागि भनि आएको छ । तर कतिपय विद्यालयका पियनको उक्त रकम नपाएको गुनासो पनि छ । उक्त रकम एक विद्यालयका एक जना पियनका लागि मात्र खर्च गर्न पाइने भएकाले दर्ुइ पियन भएका विद्यालयलाई अप्ठेरो परेको पनि छ ।
No comments:
Post a Comment