
ढुँगाले छाएका घरहरु, ढुँगा नै विछ्याइएका सफा बाटाहरु र गुरुङ जातिको आत्मीय ब्यबहारले लोभलाग्दो बनेको छ पसगाउँ । त्यसैले लमजुङ आउने पर्यटक पसगाउँसम्म पुग्न ललायित हुने गरेका छन् ।
भौगोलिक विकटताका कारण आधुनिक सेवा र सुविधाबाट टाढा रहेपनि यहाँको प्राकृतिक सौर्न्दर्यले पर्यटकलाइ कुनै कष्टको आभास हुन दिँदैन । यहाँका गुरुङले अतिथ्रि्रति गर्ने न्यानो र ममतापर्ूण्ा सत्कारले जो कोहीको पनि मन पगाल्दछ ।
समुद्री सतहबाट एकहजार ६ सय ५० मिटरको उचाइमा रहेको यो गाउँमा गुरुङ जातिको करिब ४ सय घरधुरी रहेको छ । लमजुङको सदरमुकाम बेसीसहरबाट ग्रामिण पर्यटकिय गाउँहरु बाग्लुङपानी, घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै करिब ८ घण्टाको हिँडाइपश्यात् यो गाउँ पुग्न सकिन्छ । स्थानिय समाजसेवी बलराम गुरुङका अनुसार पसगाउँमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन दिनप्रतिदिन बढिरहेको छ ।
पुरानो बस्ती भएर होला यो गाउँमा परम्परागत गुरुङ संस्कृतिको संरक्षण भएको पाइन्छ । अन्य क्षेत्रको तुलनामा अत्यन्तै फरक तरिकाले नाचिने लोपोन्मुख सतिघाँटु, बाह्रमासे घाटु, कुसुण्डा घाटु, कृष्णचरित्र, घ्याब्रे, मारुनी नाच, सारंगीलगायतका नृत्यले जो कोहीको मन तान्ने गरेको छ । यहाँका युवायुवतीहरु कुनै विशेष अबसरमा रोधी बस्ने गर्छन् । रोंधीलाइ हामीले २०४० सालतिर हटाएका हौं । तर पाहुनाको चाहनाअनुसार हामीले राधी बस्ने ब्यबस्था मिलाउने गरेका छौं- बलाराम गुरुङले भन्नुभयो ।
स्थानिय परम्परागत हस्ताकलाको धनी पसगाउँमा सिस्नोबाट बनेको झोला, सुरुवाल, भाँग्राको कपडा, भेडाको उनबाट बनेका बख्खु, कम्मल, राडीपाखी, निगालोको चोयाबाट बुनेका मान्द्रो, भकारी, डोको, नाम्लो, डालालगायतका हस्तनिर्मित सामाग्री निमार्ण्र्ाारिन्छ ।
प्रत्येक घरमा आधुनिक किसिमको पक्की शौचालय भएको यो गाउँमा घरैपिच्छे सोलार जडान गरिएको छ । पाहुनाको लागि विशेष कोठाको ब्यबस्था गरिएको पसगाउँ र्सार्क राष्ट्रको नमुनागाउँ घलेगाउँभन्दा सेवा र सुविधाको निम्ति कम छैन । यहाँका युवा समूह, आमा समूह, आफ्नो गाउँटोल सफा राख्न दिनहुँ हातमा कुचो लिएर सरसफाइमा लाग्नर्ेगर्दछन् । सामाजिक काममा दिलोज्यान दिने यहाँका गुरुङहरु साँच्चै नै निःस्वार्थी र सोझा प्रकृतिका छन ।
र् पर्यटन मन्त्रालयले भोर्लेटार, गिलुङ हुँदै पसगाउँ पुग्ने र बेसीसहर, घलेगाउँ, भुजुङ हुँदै पसगाउँ पुग्ने ग्रामिण पर्यटकिय मार्गको निमार्ण्र्ाारेको छ । यो कार्य सँगै पसगाउँबासी पर्यटक भित्राउन थप उत्साहित भएका छन् । पोखराबाट थुन्सीकोट, गहते, पाखुरीकोट हुँदै पनि पसगाउँ पुग्न सकिन्छ । यसैगरी पोखराको रामबजार, करापु, गिलुङ, चरागाउँबाट पनि यहाँ पुग्न सकिने बाटाहरु छन ्।
पसगाउँलाइ स्वदेश तथा विदेशमा चिनाएर पर्यटक भित्र्याउन तथा स्थानिय कलासंस्कृतिको संरक्षण गर्न केहीबर्षयता पसगाउँ महोत्सव हुँदै आएको छ । यहाँका अधिकाँस युवाहरु कामको खोजीमा विदेश जानेगरेकाले गाउँमानै पर्यटक भित्र्याउन सके उनीहरुले गाउँमा नै रोजगार पाउनसक्ने स्थानिय सिता गुरुङ बताउँछिन् ।
kuikel.nabin@gmail.com
No comments:
Post a Comment