scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 23, 2008

झिलीमिली कुन्छा बजार


बेसीशहर असोज ७
लामो प्रतीक्षा पछि पुरानो सदरमुकाम कुन्छा बजारमा बिजुली बलेपछि स्थानीयवासी हषिर्त भएका छन् ।
विद्युतको पोल र तार टाँगेको ३ वर्षपछि बल्ल बल्ल कुन्छामा विजुली बलेको हो । लमजुङ विद्युत् उपभोक्ता संस्थाले मिटरवक्स वितरण गरेपछि अहिले कुन्छाबासीको घर घरमा विजुली बत्तीको उज्यालो छ ।
कुन्छा गाउँ विकास समितिको सहयोगमा कुन्छामा बिजुली बत्ती बले पछि करिव ५ सय ८० घर लाभान्वित भएका छन् । यस अघि गाउँ पारी पर्ने तनहूँको रुपाकोटमा झलमल्ल विजुली बलेको हेरेर बस्न उनीहरु बाध्य थिए । बिजुली नियमित छैन । बेला बेला बत्ती झयाप्प गइरहन्छ तापनि गाउँपारीको विजुलीको उज्यालो हेरर बस्न अब गाउँलेहरुलाई परेको छैन ।

No comments:

Post a Comment