बेसीशहर असोज ७
कर्पुरेश्वर बचत तथा ऋण सहकारी संस्था लि. बेसीशहरको चौथो साधारण सभा शनिबार बेसीशहरमा सम्पन्न भयो ।
लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष मेघराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष चिरञ्जिवी कुँवरले संस्थाको प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक बर्ष२०६०/०६१ देखि ०६४/०६५ सम्म १ करोड ३३ लाख ६३ हजार ५३ रुपैयाँको कारोबार गरेको बताए । उनले गत आर्थिक बर्षा संस्थाले १ लाख ८१ हजार ४ सय २६ रुपैयाँ खुद मुनाफा संकलन गरेको र संस्थाको शेयर पूँजी १३ लाख ४० हजार १ सय पुगेको जानकारी दिए ।
साधारण सभाका अवसरमा संस्थाका ३ सय ८७ जना शेयर सदस्य रहेका बताइएको थियो ।
साधारण सभाले संस्थाको पूँजी बृद्धि गर्नका लागि सदस्यहरुबाट शेयर रकम थप गर्ने र थप नयाँ शेयर विक्री गर्ने प्रस्ताव पारित गरेको छ । हाल संस्थामा १ सय ५६ जना दैनिक बचत, ७१ जना साप्ताहिक बचत र १०८ बाल बचत खुत्रुके सदस्य रहेका छन् । संस्थाले नियमित र खुत्रुके बचतमा ८.५ % र ऐच्छिक बचतमा ५.५% ब्याज दिने गरेको र कर्जातर्फ फ्ल्याट सिस्टममा ७.५% र किस्ता भुक्तानीमा १०% ब्याज लिने गरेको संस्थाका प्रवन्ध सञ्चालक तुलानिधि दनाईले बताए ।
संस्थाले आफ्ना सदस्य एवं सदस्यका एकाघरका परिवारका सदस्यको निधन भएको अवस्थामा काजकिरीयाका लागि अुनदानस्वरुप ३ हजार रुपैयाँ सहयोग गर्ने र आगामी दिनमा उक्त रकममा बृद्धि गनर्ेर्ैैर ा सदस्यहरुलाई भैपरी आउने समस्याबाट राहत दिनका लागि हितकोषको व्यवस्था गर्ने निर्ण्र्ाासमेत गरेको छ ।

No comments:
Post a Comment