scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 23, 2008

बाग्लुङपानी खुला दिसा मुक्त क्षेत्र

बाग्लुङपानी भदौ ३१
गाउँको प्रबेशद्धार देखि नै बाटाहरु सफा पारिएका छन् । ठाउँ-ठाउँमा जल्ने र नजल्ने फोहोर फाल्ने खाडल खनिएको छ । प्रत्येकको घर आँगन सफासुग्गर पारिएको छ । घर-घरमा पक्की शौचालय छन । अझ प्रबेशद्धार देखि नै ठाउँ-ठाउँमा होलिङबोडका साथै हरिया झण्डा गाडिएको छ ।
यो झकिझकाउ हर्ेदा जो कोहिलाई पनि लाग्न सक्छ यहाँ कोही विशिष्ट मानिसहरुको आगमनमा भब्य समारोह हुँदैछ तर त्यहाँ पुगेपछि मात्र थाह हुन्छ कि यो त यहाँका स्थानिय बासिन्दाको दैनिकी कार्य पो रहेछ ।
अन्तराष्ट्रिय सरसफाई वर्ष२०६५ को अबसरमा नेपालभर सरसफाई अभियानको प्रचारप्रसार भइरहे पछि आफ्नो गाउँघर आफैले सफा राख्नर्ुपर्छ भन्ने भाबनाको जागृत भएपछि लमजुङको ग्रामिण पर्यटकिय गाउँ बाग्लुङपानी गाउँ विकास समितिको १,२ र ८ वडाका ३ गाउँलार्इ् पर्ूण्ा सरसफाई गर्दै खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

No comments:

Post a Comment