scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 23, 2008

एडभान्स ढाका बुनाई तालिम सम्पन्न


बेसीशहर भदौ ३१
लमजुङ उद्योग बाणिज्य संघको आयोजना र पोखरा उद्योग बाणिज्य संघ तथा एक डब्लु के माइन्ज जर्मनीको सहयोगमा गत असार २५ गतेदेखि सञ्चालित एडभान्स ढाका बुनाई तालिम भदौ २५ गते सम्पन्न भयो ।
तालिम समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायले ढाका बुनाई तालिमले महिलाहरु आत्मनिर्भर हुने विश्वास ब्यक्त गर्दै सिकेको सिपलाई ब्यवहारमा उतार्न आग्रह गरे।
लमजुङ उद्योगा बाणिज्य संघका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी दिनानाथ लम्साल, घरेलु तथा साना उद्योग विकास समितिका वरीष्ठ उद्योग अधिकृत यादवप्रसाद शर्मा, नेकपा माओवादीका प्रतिनिधि राजु थापा, नेपाली कांग्रेसका प्रतिनिधि रेशम खड्का,लगायतले स्वदेश तथा विदेशमा ढाकाको राम्रो माग भएकाले ढाका उद्योग सञ्चालन गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए ।
तालिममा २० जना महिला प्रशिक्षार्थीहरुको सहभागिता थियो । समापन अवसरमा महिलाहरुले ढाका उद्योग सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

No comments:

Post a Comment