scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 9, 2008

निरक्षर हुनुको पीडा बुझन थाले आमाहरु छोराछोरीसंगै पढ्न विद्यालयमा



बेसीशहर-भदौ २४
"सानोमा घरायसी काम र चेतनाको अभाबमा पढ्न पाइएन । फेरी १५ बर्षो कलिलै उमेरमा विवाह गरेर जानुपर्‍यो । अहिले श्रीमान विदेशमा हुनुहुन्छ । चिठी पठाउनुहुन्छ तर आफूलाई भने न पढ्न आउँछ न त लेख्न नै ।"
यी भनाइ कुनै चलचित्र या नाटकको पात्रका नभै उत्तरकन्या गाउँ विकास समिति वडा नं. ६ काँडेलुङकी २४ बषिर्या सुनमायाँ विश्वकर्माको
जीवनकोे वास्तविकता हो ।
सानोमा पढ्न नपाएकी सुनमायाँ विश्वकर्मा जीवनमा अनेकैंा ठक्कर खानुपरेपछि यतिबेला आफ्ना छोरा छोरी सँगै पढ्न विद्यालय जान थालेकी छन् ।बाग्लुङपानी गाविसको कपुरगाउँमा रहेको सरस्वती प्राथामिक विद्यालयमा सुनमायाँ आफ्ना ९ बषिर्या छोरी मनिषासँगै कक्षा २ मा पढ्छिन् भने उनको छोरा कृष्ण चाँही कक्षा १ मा पढ्छन्।
"सानोमा नपढ्दा अहिले धेरै दुःख पाइदो रहेछ" सुनमायाँले लमजुङ आवाजसंग भनिन्- "चिठी लेख्न र पढ्न पनि अरुलाइ गुहार्न पर्ने । पढ्न नजान्दा आँफु निकै पछाडी भएको महसुस भयो त्यसैले छोराछोरी सँगै विद्यालय पढ्न आँए ।" सुनमायाँले भनिन्- घरबाट १ घण्टा टाढाको विद्यालय बनैबनको बाटो भएर जानर्ुपर्छ, फेरी गाउँबाट विद्यालय पढ्न आउने हाम्रो परिवार मात्रै हो, त्यसैले छोराछोरीको सुरक्षाको लागि पनि म सँधै विद्यालय आउने गरेकी छु ।"
सानुमायाका श्रीमान् रोजगारीको सिलसिलामा साउदी अरब गएका छन् । बेला बखत श्रीमान्ले उनलाई चिठी पठाउँछन् । तर उनलाई भने पढ्न लेख्नै नआउने । श्रीमान्ले पठाएको चिठी पढिदिन छिमेकीकहाँ धाउनुपर्ने उनको बाध्यता थियो । त्यति मात्रै कहाँ हो र - श्रीमान्लाई चिठी लेखिदिन पनि अर्कैलाई आग्रह गर्नुपर्ने झञ्जट उत्तिकै । फेरि श्रीमान् श्रीमतीकाबीच हुने मायाप्रिती लगायतका गोप्य कुरा चिठीमार्फ लेखि पठाउन दुवैलाई समस्या ।
श्रीमाती निरक्षर भएका कारण सुनमायाका श्रीमान्लाई पनि कम्ति समस्या भएन । घरपरिवारबाट टाढा परदेशमा जीवन व्यतित गर्दर्ै आएका उनी चिठीमार्फ आफ्ना भावना पोख्न पनि सक्दैनथे । दुःख सुख देखि मायाप्रितीका कुरा लेख्दा श्रीमतीले भन्दा पहिले अर्कैले थाहा पाउने भएकाले उनले श्रीमतीलाई छोराछोरीसंगै गएर पढ्न प्रेरित गरे । श्रीमान्कै प्रेरणाले अहिले सानुमाया २ कक्षामा पढ्दैछिन् ।
"५ कक्षा सम्म पढ्ने धोको छ", सुनमायाँ भन्छिन्- "विदेशमा भएका श्रीमानलाई आँफैले चिठी लेखेर पठाएको दिन मेरो जीवनकै असाध्यै खुसीको दिन हुने छ ।"
विद्यालयकी शिक्षिका दीलकुमारी गुरुङ पनि सुनमायाँको जाँगर र प्रयासको प्रशंसा गर्छिन् । गुरुङ भन्छिन्- सुनमायाँ विद्यालय पढ्न आउन थालेपछि उनको सिको गर्दै कपुरगाउँकी २१ बषिर्या मिनकाशी गुरुङ पनि काखामा छोरी च्यापेर पढ्न आउन थालेकी छन् । उनकी ३ बर्षी छोरी रमिलालाई भने बाल स्याहार केन्द्रमा राखिएको छ । मिनकाशी पनि सुनमाया जस्तै सानो उमेरमा घरायसी कामले पढ्न नपाएको बताउँछिन् ।
अहिले पढाइको ठृुलो महत्व छ, सँगैका संगीनीहरु कम्प्युटर चलाउँछन तर आफूलाइ भने चिठी लेख्न पनि आउँदैन, त्यसैले ढिलैभएपनि पढ्नर्ुपर्छ भन्ने सोँचेर विद्यालय आएको हुँ, मिनकासी भन्छिन्- "मलाइ पनि पत्रपत्रिका पढ्न र चिठी लेख्न सक्ने बन्ने ठूलो धोको छ ।"

No comments:

Post a Comment