
बेसीशहर, भदौ २३
नेकपा माओबादीको तर्फाट लमजुङ क्षेत्र नं. १ बाट निर्बाचित संभिधान सभाका विधायक बुद्धीराम तमुले नेपालको भौगोलिक अबस्था सुहाउँदो ब्यबसायिक शिक्षा हुनुपर्ने बताएका छन ।
सोमबार बेसीशहरमा लोकतान्त्रिक नेपालको आधार,शिक्षा सवैको मौलिक अधिकार भन्ने नाराका साथ आयोजित अन्तराष्ट्रिय साक्षरता दिवश तथा राष्ट्रिय शिक्षा दिवसको अबसरमा उक्त धारणा राखेका हुन ।
प्रमुख अतिथिको रुपमा बोल्दै विधायक तमुले शिक्षा क्षेत्र पहुँच हुनेको मात्र नभई र्सवसाधरण वर्ग सम्म पुग्नुपर्नेमा सरकारले विशेष जोड दिनु
पर्ने बताएका थिए । तमुले भने-"मुलुकमा राजनीतिक परिवर्तनसंगै शिक्षामा पनि आमूल परिवर्तन गर्नुपर्ने खाँचो छ ।"
उक्त कार्यक्रममा नेकपा माओवादीका कार्यालय सचिव मेखबहादुर भण्डारी, नेपाली कांग्रेस लमजुङका सभापति तुलसी नारायण श्रेष्ठ, नेकपा एमाले लमजुङका सचिव मायानाथ अधिकारी, जनमोर्चा नेपाल लमजुङका प्रतिनिधि ठगबहादुर अधिकारी, प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्याय, लमजुङ उद्योग बाणिज्य संघका प्रमोद कुमार श्रेष्ठ, नेपाल शिक्षक युनियनका अध्यक्ष ध्रुबबहादुर कुँवर, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष ऋषिराम चापागाइँ, नेपाल शिक्षक संघका अध्यक्ष विष्णुहरि वास्तोला, नेपाल शिक्षक संगठनका अध्यक्ष भूमिराज पौडेल, निमित्त जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनाललगायतका वक्ताले मन्तब्य राखेका थिए ।स्थानीय विकास अधिकारी दिनानाथ लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लमजुङ आवाजका सहसम्पादक नवीनराज कुइँकेलको लेखन तथा निर्देशनमा चेस नेपालसंग आवद्ध बाल बालिकाहरुले "अझै सिक्न बाँकी छ" नामको नाटक प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment