
बेसीशहर भदौ २४
दुवै मृगौला काम नलाग्ने भइ थला परेका लमजुङको भुजुङ गाउँ विकास समिति वडा नं. ८ का ४० वषिर्य तर्ीथजंग गुरुङले आफ्नो जीवन रक्षाको लागि पहल गरिदिन अपील गरेका छन् ।
दुवै मृगौला खराब भएपछि मृगौला प्रत्यारोपण गर्नुबाहेक अर्को कुनै विकल्प नभएका कारण उनले आफ्नो जीवनरक्षाका लागि सक्दो सहयोग गरिदिन सम्बन्धित सबैसंग आग्रह गरेका हुन् ।
गुरुङको आर्थिक अवस्था नाजुक भएका कारण आफैले उपचारका लागि चाहिने रकम जोहो गर्न नसक्ने भएकाले विभिन्न संघसंस्था र ब्यक्तिलाई रकम उपलब्ध गराउन आहृवान गरेका हुन् ।
मृगौला प्रत्यारोपणका लागि कम्तीमा पनि ६ लाख रुपैँया लाग्ने डाक्टरलाई उद्धृत गर्दै उनले बताएका छन् । अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजनार्,र् इलाका संरक्षण कार्यालय भुजुङ लमजुङमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका मृगौला रोगी तर्ीथराज गुरुङको जीवन रक्षाका लागि भुजुङ गाविस संरक्षण ब्यवस्थापन समितिले पनि आग्रह गरेको छ । गुरुङका ३ छोराछोरी र श्रीमती छन् ।
No comments:
Post a Comment