scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 9, 2008

नमूना बन्दैछ नया“गाउ“


उदीपुर भदौ २४
यस गाविसको नयाँ गाउँका गाउँलेहरु अहिले गाउँलाई नमूना बनाउन लागि परेका छन् ।
गाउँलाई नमूना बनउनका लागि गाउँलेहरुले अहिले सरसफाईलाई पहिलो प्राथामिकता दिएका छन् । गाउँ सबैको साझा हो र गाउँको सरसफाइ गर्नु आफ्नै लागि हो, भन्ने भावनाले प्रेरित भएका गाउँलेहरुले साप्ताहिक रुपमा गाउँमा सरसफाई अभियान चलाउन थालेका छन् ।
स्थानीय रुपमा गठित क्र्हेंमे टोल सुधार समितिको सक्रियतामा अहिले नयाँ गाउँमा सरसफाइ देखि साक्षरता कक्षासम्म शुरु भएको छ ।
गाउँमा प्रत्येक शनिबार सरसफाइ हुन्छ । गाउँका प्रत्येक घर अनिवार्य रुपमा सरसफाइमा जुटेका हुन्छन् । स्वस्थ जीवनका लागि सरसफाई प्रमुख आधार भएकोले गाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको समितिका उपाध्यक्ष विकास गुरुङ बताउँछन् । उनका अनुसार सरसफाइका लागि अहिले गाउँलेहरुको उल्लेख्य सहभागिता रहने गरेको छ ।
टोलसुधार समितिले गाउँका महिलाहरुका लागि प्रौढ शिक्षा कक्षा सञ्चालन गर्न थालेको छ । मेलापात तथा घरधन्दाको काम सकिएपछि गाउँका महिलाहरु गाउँमा सञ्चालित साक्षरता कक्षामा सहभागी हुन्छन् । अहिले गाउँका २४ जना महिलाहरुले साक्षरता कक्षा लिइरहेका छन् । पढ्ने लेख्ने उमेरमा पढ्न लेख्न नपाएका उनीहरु ढिलै भए पनि साक्षर बन्न पाएकोमा दङ्ग छन् ।
समितिले गाउँका स्कूले विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा समेत सञ्चालन गर्न थालेको छ । बालबालिकाहरुले विद्यालयमा नबुझेका पाठ दोहोर्‍याएर उनीहरुले बुझने तरिकाले पढाउने र उनीहरुको गृहकार्यमा सहयोग गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको समितिका पदाधिकारीहरु बताउँछन् । अहिले गाउँका ६५ जना बालबालिका अतिरिक्त कक्षा पढ्न जाने गरेका छन् । अतिरिक्त कक्षाले पढाइमा निकै सहयोग पुगेको कक्षा ५ मा अध्ययनरत लक्ष्मी गुरुङ बताउँछिन् ।
समितिले गाउँलेहरुलाई जिल्लास्तरका तथा समसामयिक घटनाका विषयमा जानकारी दिने उद्देश्यले गाउँको र्सार्वजनिक स्थानमा पत्रिका टाँस्ने व्यवस्था मिलाएको छ ।समितिले हाललाई उक्त स्थानमा लमजुङ आवाज साप्ताहिक टाँस गरेर स्थानीयबासीलाई जिल्लाका खबरहरु थाहा पाउने ब्यवस्था मिलाएको छ ।

No comments:

Post a Comment