scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 9, 2008

साहित्य समाजमा अंगराज


बेसीशहर भदौ २४
लमजुङ युवा साहित्य समाजको सोमबार सम्पन्न चौथो अधिवेशनले अङ्गराज घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवरको प्रमुख आतिथ्यता र समाजका अध्यक्ष तेजनारायणअ अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा राजु थापा, सुशिलचन्द्र अधिकारी, सचिवमा थकित यात्री, सहसचिवमा दीपशिखा, कोषाध्यक्षमा अर्जुन अधिकारीालाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा बलभद्र राउत, भरत राना, वसन्त अधिकरी, नवीन अंकुर, विमल पौडेल, बृषराज गुरुङ र तेजनारायण अधिकारी रहेका छन् ।
अधिवेशनले विधान संशोधन गरी लमजुङे युवा साहित्य समाज रहेको संस्थाको नामबाट युवा शब्द झिकेर लमजुङ साहित्य समाज कायम गरेको छ । नवनिर्वाचित कार्यसमितिले छिट्टै नै जिल्लामा साहित्य संरक्षण, सर्म्बर्द्धन र विकासका लागि ठोस कदम चाल्ने नवनिर्वाति अध्यक्ष अङ्गराज घिमिरेले बताए ।

No comments:

Post a Comment