
खुदी भदौ २४
आकासमा कालो बादल मडारिन थालेपछि उनीहरुको मन त्यसै काम्न थाल्छ । दशैं आउन लाग्दा पनि बषर्ा रोकिएको छैन । त्यसैले आकासमा कालो बादल देख्नासाथ पानी पर्छ, खोलामा बाढी पहिरो आएर घरबारी नै बगाउँछ कि भन्ने चिन्ताले उनीहरुलाई सताइरहन्छ ।
अगुल्टोदेखि डराएको कुकुर विजुली चम्कँदा पनि तर्सन्छ भन्ने उखान अहिले खुदीबजारबासीमा लागू भैरहेको छ । दर्ुइ साता अघि मात्र अविरल बषर्ाका कारण खुदी खोलामा आएको बाढीले करोडौंको क्षति पुर्याएको थियो । खोलाले भंगालो परिवर्तन गरी उत्तरतर्फरहेको बस्तीतर्फहानेपछि खुदी गाविसको खुदीबजार र सिम्पानी गाविसको पर्ूर्वेलीटोलका गरी १५ घरपरिवार केही दिन विस्थापित भएका थिए । अहिले उनीहरु आफ्नो घर त फर्केका छन् तर ढुक्कले बस्न सकिरहेका छैनन् ।
स्थानीय लेखमान कतिला भन्छन्-"खै अझै पानी पर्न रोकिएको छैन, अझै पनि खोलामा बाढी आएर घरवारी नै लैजाने हो कि भन्ने चिन्ताले सताइरहन्छ ।"
खोलामा आएको बाढीले एक जनालाई त बेपत्ता नै बनाएको छ । धादिङ घर भई खुदी जलविद्युत आयोजनामा काम गर्ने मजदुर सिताराम तामाङलाई दर्ुइसाता अघि खुदीखोलाले बगाएको थियो । बाढी आएपछि खोलाले भङ्गालो नै परिवर्तन गरी बजारतर्फहानेपछि बजारक्षेत्रमा निकै कटान गरेको छ । स्थानीय गणेश तामाङ भन्छन्-"खोलालाई पुरानै अवस्थामा बहने वातावरण बनाउन सके राती राम्ररी निदाउन सकिन्थ्यो कि -"
बाढीले कटान गरेका कारण खुदीको उपस्वास्थ्य चौकी, प्रहरी चौकी र कृषि सेवा केन्द्र पनि खतरामा परेका छन् । बाढीले कटान गरेका कारण उपस्वास्थ्य चौकी अन्यत्र सारिएको छ । चौकीका इन्चार्ज परमेश्वर पियाले भने- " जनतालाई स्वास्थ्य सेवाबाट विमूख हुन नदिन स्थानीय देवेन्द्र भण्डारीको घर भाडामा लिएर स्वास्थ्य सेवाव उपलब्ध गराएका छौं । पुरानो भवन पहिरोले लैजाने खतराका कारण स्वास्थ्य केन्द्र सारिएको र नयाँ भवन बन्न पनि २/३ बर्षलाग्ने भएकाले भाडाको घरको सिमित कोठामा स्वास्थ्य केन्द्र सञ्चालन र्गुर्नुपर्दा अप्ठेरो परेको छ ।
खोलामा आएको बाढीले बगाएर खुदी जलविद्युत आयोजनाका मजदुर सिताराम तामाङ बेपत्ता भएका छन् । अहिलेसम्म उनको अत्तोपत्तो छैन । बाढीले खुदी जलविद्युत आयोजना पनि नराम्ररी क्षत्रि्रस्त भएको छ । बाढीले आयोजनाको पेनस्टक पाइप बगायो भने पावर हाउसमा बाढी पसेर झण्डै ३ करोड रुपैयाँको क्षति भयो ।
४ मेघावाट क्षमताको आयोजना मर्मत गर्न अझै केही महिनासम्म लाग्ने सक्ने खुदी जविद्युत आयोजनाले बताएको छ ।
No comments:
Post a Comment