बेसीशहर भदौ ३१
गिलुङ गाउँवार्टर् इशानेश्वर गाविसको रामवजारतर्फआउँदै गरेको यात्रुबहाक वस आइतबार विहान करापुटार-साल्मेभञ्ज्याङ-सिङ्दी हरित सडक अर्न्तर्गत करापु गाउँ विकास समिति वडा नं. ४, आरुखोंचेमा दर्र्ुघर्टना हुँदा एकजनाको मृत्यु भएको छ भने बसमा यात्रारत २० यात्रु घाइते भएका छन् ।
ग १ ख १८४२ नं. रहेको हंसपुर ट्राभल्सको वस आइतबार विहान १० बजे दर्ुघटनाग्रस्त हुँदा मालिङ गाउँ विकास समिति वडा नं. ८, सुप्ले निवासी बुद्धिबहादुर तिवारीको घटनास्थलमा नै मृत्यू भएको हो । उनी पाल्पामा कार्यरत प्रहरी जवान रहेको प्रहरीले जनाएको छ ।
दर्ुघटनामा परी वस चालक सहित २० जना र्घाईते भएका छन् । र्घाईते भएकाहरुमा ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भोँजे गाविस वडा नं. ६ मपिङका पर्ूण्ाकुमारी गुरुङ, करापू गाविस वडा नं. ५ का सन्तु गुरुङ, गिलुङ गाविस वडा नं. ९ का धुसुरी गुरुङ र लिलबहादुर गुरुङ, वडा नं. ६ का देवी गुरुङ लाई चिसंकु उपस्वास्थ्य चौकीमा प्राथामिक उपचार गरी थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ ।
No comments:
Post a Comment