scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 23, 2008

समान शिक्षामा जोड


बेसीशहर-असोज ७
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई प्रत्येक नेपाली समान भएकोे सर्न्दर्भमा सोही अनुसार समान शिक्षा लागू गर्नुपर्नेमा बेसीशहरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन र अखिल नेपाल शिक्षक संगठनले संयुक्त रुपमा शनिबार सदरमुकाम बेसीशहरमा आयोजना गरेको "संघीय लोकतान्त्रिक गणतन्त्रमा शिक्षा नीति र बुद्धिजीविको भूमिका" विषयक गोष्ठीमा वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन लमजुङका अध्यक्ष ऋषिराम चापागाइँले प्रस्तुत शैक्षिक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन लमजुङकी अध्यक्ष सानु लोहनीले वर्तमानको शिक्षा नीतिलाई वर्ुर्जुवा शिक्षा नीति भन्दै यसलाई खारेज गरी नयाँ शिक्षा नीति लागु गर्न माग गरे ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवि संगठनका केन्द्रीय सदस्य चन्द्रमणी पौडेल, नेकपा माओवादी लमजुङकार् इन्चार्ज देवेन्द्र पराजुली, शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष रमाकान्त अधिकारी, अखिल क्रान्तिकारीका अध्यक्ष शिव अधिकारी, अखिल नेपाल कर्मचारी संगठनका अध्यक्ष खिला शर्मा घिमिरे, लगायतले वर्तमान शिक्षा नीति असमान रहेकाले सवैका लागि समान शिक्षाको ब्यवस्था गर्न सरकारसंग माग गरेका थिए । कार्यक्रम नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका अध्यक्ष बद्रीविलास मिश्रको अध्यक्षतमा भएको थियो ।

No comments:

Post a Comment