बेसीशहर असोज ७
घरेलु तथा साना उद्योग विकास समिति लमजुङको आयोजना र लमजुङ उद्योग बाणिज्य संघ तथा सर्वोदय सेवाश्रम लमजुङको सहयोगमा ७ दिने सिन्केधुप बनाउने तालिम सोमबार सम्पन्न हुँदैछ ।
गत असोज १ गतेबाट सञ्चालित तालिममा सिउरुङ, सञ्जापु, बगुम, भुजुङ, पाचोक, घनपोखरा, बेसीशहरका गरी १२ जना महिला र १ जना पुरुष प्रशिक्षार्थीको सहभागिता छ । ।
स्थानीय बास्नादार औषधीयुक्त जडिबुटीबाट बनाइने सिन्केधुप गुणस्तरीय अर्गानिक हुने कुरा प्रशिक्षक कृष्णबहादुर केसीले बताए । धुपी, बोझो, पारिजात, गुलाफ, चमेली, सयपत्री लगायत विभिन्न फूल जडिबुटी र काउलो, सिमल, हडचुर, दार आदि काष्ठादिको प्रयोग गरिने र श्रीखण्ड भए अझ उत्तम हुने सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताए । घरमै बसेर फर्ुसदको समयमा स्थानीय कच्चा पदार्थमा आधारित सिन्केधुप आय आर्जनको भरपर्दो स्रोत भएको कुरा घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत यादवप्रसाद शर्माले बताए ।

No comments:
Post a Comment