scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 23, 2008

लमजुङमा पाठेघरका विरामी अत्याधिक



बेसीशहर-असोज ७
लमजुङ जिल्लामा पाठेघरसम्बन्धी रोगीहरुको संख्या अत्याधिक रहेको पाइएको छ । सामुदायीक अस्पतालमा मंगलबारबाट शुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा जचाउन आउने विरामी महिलाहरुको भीडले यसको पुष्टि गरेको छ ।
लमजुङका ग्रामीण भेगमा पाठेघरको रोग पालेर बस्ने महिलाहरुको संख्या अनुमान भन्दा निकै धेरै छ । लमजुङ सामुदायिक अस्पतालमा गत भदौ ३१ गतेदेखि शुरु भएको निःशुल्क स्त्रीरोग सम्बन्धी शिविरमा सामेबारसम्ममा १ हजार भन्दा बढीले स्वास्थ्य परिक्षण गरेकामा अधिकांश महिलाको केही न केही समस्या भएको पाइयो । शिविरमा आएका विरामी मध्ये ६५ जना महिलाको मात्रै पाठेघरको शल्यक्रिया गरिएको छ भने दर्ुइ जनाको लमजुङमा शल्यक्रिया हुन नसकी काठमाण्डौंस्थित पाटन अस्पतालमा लगिएको छ । स्वास्थ्य शिविरबाट विशेष गरी लमजुङ, तनहूँ, गोरखाका महिला विरामीहरु लाभान्वित भए । शिविरको अन्तिम दिन आइनपुग्दै विरामीको चापका कारण नाम दर्ता बन्द गर्नुपरेको थियो । यसबाट स्त्रीरोग शिविरमा उपचार गर्न आउने कतिपय महिलाहरु टिकट नपाएर फर्केका पनि थिए। विहान ८ बजेबाट टिकट खुल्ला गरिए पनि टिकट लिनका लागि देखि नै महिलाहरुको लाइन लागेको थियो ।
शिविरमा पाठेघर खसेका, पेटमा पानीको फोका बढेका,े लामोे समयदेखि योनीबाट रगत र सेतो पानी बग्ने समस्या भएका, सुत्केरी पछि पिशाव नरोकिने समस्या, विवाह पछि सन्तान नहुने समस्या, यौन रोग लागेका महिला विरामीहरुको जाँच गरिएको अस्पतालका जनसर्म्पर्क अधिकृत दशरथ धितालले बताए । उनका अनुसार केही महिलाहरुको जटिल शल्यक्रिया गर्नु परेको थियो । उक्त शल्यक्रियाका लागि काठमाडौंका अस्पतालमा डेढ लाख रुपैयाँसम्म लाग्न सक्थ्यो ।

No comments:

Post a Comment