scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, November 6, 2008

डा“का गिरोह पक्राउ


बेसीशहर कार्तिक २१
लमजुङका विभिन्न ठाउँमा पटक पटक डकैती गर्दै आएको गिरोहका नाइके शालिकराम वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।
तार्कुघाट प्रहरी चौकीका इन्चार्ज सिताराम देवकोटाको नेतृत्वमा खटिएको प्रहरी टोलीले वाइबालाई तनहूँको सेपा बगैंचामा पक्राउ गरेको हो । तनहूँको बन्दीपुर गाविस वडा नं. ६ घर भएका २२ बषर्ीय वाइबाले लमजुङका विभिन्न ठाउँमा पटक पटक हतियार देखाएर लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ । निजका विरुद्ध प्रहरीले जिल्ला अदालत लमजुङमा मुद्दा दायरसमेत गरिसकेको छ । प्रहरीका अनुसार वाइबासंग २ लाख रुपैयाँ विगो र कैदको माग गरी मुद्दा दायर गरिएको छ ।
यसैगरी प्रहरी सहायक निरीक्षक देवकोटाकै कमाण्डमा खटिएको प्रहरी टोलीले दर्ुइ महिना अघि जिल्लाका पर्ूर्वी क्षेत्रका विभिन्न गाविसमा चोरी डकैती गर्ने गिरोहलाई नुवाकोटबाट पक्राउ गरेको थियो । नुवाकोट घर भएका आइत तामाङ, विक्रम तामाङ, प्रताप तामाङलगायतका अभियुक्तलाई अहिले चोरी डाँका मुद्दा अर्न्तर्गत थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । यी डाँकाहरु लमजुङ बाहेक तनहूँ, गोरखालगायतका जिल्लाहरुमा समेत चोरी डकैतीमा संलग्न थिए ।

No comments:

Post a Comment