scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, November 6, 2008

घरबाटै हुलाक सञ्चालन


बेसीशहर कार्तिक २१
सशस्त्र द्वन्द्धको समयमा गाविस भवनसंगै क्षत्रि्रस्त भएका इलाका तथा अतिरिक्त हुलाक कार्यालयहरु अझै पनि हुलाकीको घरबाट सञ्चालित हुँदै आएका छन् ।
विभिन्न गाउँ विकास समितिको भवनमा कार्यालय राखी इलाका तथा अतिरिक्त हुलाक कार्यालयहरु सञ्चालन हुँदै आएका थिए । तत्कालीन समयमा माओवादीले गाविस भवनहरुमा क्षति पुर्‍याएपछि गाविस कार्यालय सहित ती हुलाक पनि विस्थापित हुन बाध्य भए । जसबाट ४ इलाका र १९ अतिरिक्त गरी २३ वटा हुलाक कार्यालयहरु हुलाकीको घरबाट सञ्चालन हुँदै आएको हुलाक कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद तिमल्सेनाले बताए । उनका अनुसार अझै पनि विचौर, धुसेनी, तार्कु, विचौर, भुलुभुले, रम्घा, बांग्रे लगायतका गाविसका हुलाक कार्यालयहरु हुलाकीकै घरबाट सञ्चालन हुँदै आएका छन् ।
लमजुङमा १ जिल्ला हुलाक, १० इलाका र ५० अतिरिक्त गरि ६१ वटा हुलाक कार्यालय छन् । सूचना प्रविधिको युग भए पनि गाउँ गाउँमा सूचना प्रविधिको पहुँच नहुँदा अझै पनि ग्रामीण क्षेत्र हुलाकको भर पर्दै आएको छ । अहिले कुन्छा र सोतीपसलमा हुलाकले इमेल, इन्टरनेट सहितको सञ्चार केन्द्र स्थापना भैसकेको छ । जसबाट त्यहाँका गाउँलेहरुले सूचनाप्रविधिको भरपुर फाइदा उठाउन थालेका छन् ।
अहिले अन्य गाउँहरुमा पनि सूचना केन्द्रको माग बढ्दै गएको छ । तर सिमित स्रोत साधनले गाउँ गाउँमा सूचना केन्द्र स्थापना गर्न नसकिएको निमित्त प्रमुख तिमल्सेना बताउँछन् । जिल्लामा ल्याण्ड लाइन, सिडिएमए, मार्टस्, भिस्याट टेलिफोन र मोवाइल सेवाका कारण हुलाकको महत्व घट्दै गएको छ जसका कारण अहिले ७५ प्रतिशतले हुलाकको भर पर्न छोडिसकेका छन् । गाउँ गाउँमा समेत मोबाइल फोनको लोकप्रियता बढ्दै गएको छ । अहिले हुलाकबाट दैनिक करीब ७० रजिष्ट्री र ३०० साधारण चिठीपत्रहरु आउने जाने गर्छन् ।

No comments:

Post a Comment