
रामजी राना
घनपोखरा, कार्तिक १७
लमजुङ जिल्लाको सबैभन्दा बढी उचाइमा रहेको गुरुङ जातिको उद्गम स्थल घनपोखरा गाउँमा आयोजित पाँचौ घनपोखरा महोत्सव २०६५ सम्पन्न भएको छ ।
लमजुङ जिल्लाकै र्सवाधिक उचाईमा रहेको गाउँ गुरुङहरुको उद्गम स्थल घनपोखरा जाऔं, विविध गुरुङ संस्कृतिमा रमाउनका साथै आन्तरिक तथा बाह्य पर्यटन भित्राउन टेवा पुराऔं भन्ने मूल नाराका साथ कार्तिक ८ गतेबाट शुरु भएको महोत्सव २ दिन सम्म चलेको थियो ।
महोत्सवको लमजुङ क्षेत्र नं. २ का सभासद् तथा पर्ूव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङलेे उद्घाटन गरेका थिए । महोत्सवमा संविधानसभाका सभाषद् तथा आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पासाङ शर्ेपा, जनजाति इतिहासकार्रर् इन्द्रबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी केन्द्रीय सदस्य हेमजंग गुरुङ, नेकपा माओवादीका जिल्ला इन्चार्ज देवेन्द्र पराजुली, नेकपा एमालेका जिल्ला सचिव मायानाथ अधिकारी, नेपाली कांग्रेसका जिल्ला सदस्य खगेश्वर गुरुङ लगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
महोत्सव अतिथि विवादका कारण ढिलो उदघाटन भएको थियो । आयोजकहरुले राप्रपाका केन्द्रीय सदस्य हेमजंग गुरुङलाई मर्यादाक्रममा माओवादी जिल्ला इन्चार्ज देवेन्द्र पराजुली भन्दा अघि राखेपछि माओवादीले ठूलो पार्टर्ीी नेतालाई पछि राखेको भन्दै त्यसको विरोध गरेको थियो । तर आयोजकले पराजुलीलाई मर्यादाक्रममा अघि राख्न नमाने पछि विवाद शुरु भएको थियो । साथै क्षेत्र नं. १ को कार्यक्रममा सोही क्षेत्रका सभासद बुद्धिराम तमुलाई महोत्सवमा नबोलाइ क्षेत्र नं. २ का सभासदलाई प्रमुख अतिथि बनाइएको, पर्यटन मन्त्रालयलाई महोत्सवको जानकारी नगराइएकोमा माओवादीले गुनासो गरेको थियो ।
महोत्सवमा गुरुङ कला संस्कृति झल्कने लोपोन्मुख कुसुण्डाघाटु, कृष्णचरित्र, तमारो छोरी नाच, कुखुरानाचका साथै घ्याप्रिङ, लामा, पच्यु , सर्ेका, लगायतका गुरुङ संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएको थियो ।
महोत्सवमा निगालो तथा बाँसको चोया र भेडाको ऊनबाट वुनेका हस्तकलाका सामग्रीहरु तथा काठबाट बनाइएका विभिन्न सामग्रीहरुको पर््रदर्शन तथा विक्री समेत गरिएको थियो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दोहोरी तथा लोकगीतबाट दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । महोत्सव अवलोकनका लागि जिल्ला भित्र र बाहिरका साथै विदेशी पर्यटकको समेत घुँइचो थियो । महोत्सव अबधि करिव ३ हजार दर्शकले अबलोकन गरेको आयोजकले बताएका छन्। लमजुङकै अग्लो स्थानमा रहेको पर्यटकीय रमणीय गाउँ घनपोखरा समुन्द्री सतहदेखि २ हजार एक सय ५० मिटरको उचाईमा रहेको छ । घनपोखरा गाउँ दुधपोखरी नामुनभञ्याङ पास हुँदै मनाङ जान सक्ने पदमार्गको प्रवेशद्धार हो भने, यहाँ खर्क,ऐतिहाँसिक महत्व बोकेका मठमन्दिर, महसिकार, दूधपोखरी कुण्ड रहेका छन । यहाँबाट सर्ूयादय र सर्ूयास्तको मनोरम दृष्य अवलोकन र नजिकैबाट विभिन्न हिमश्रृखलाहरु नियाल्ने घनपोखरा महोत्सवको अर्को आकर्षा बन्यो ।
महोत्सव नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति लमजुङ, घनपोखरा गाउँ विकास समिति स्थानीय आमा समूह, युवा क्लव लगायतको सहयोग तथा घनपोखरा पर्यटन ब्यबस्थापन उपसमितिको आयोजनामा भएको थियो । कार्यक्रम महोत्सव मूल आयोजक समितिका संयोजक जीतबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
No comments:
Post a Comment