प्यारजुङ, कार्तिक २६
लमजुङ क्षेत्र नं. १ का सभासद् बुद्धिराम गुरुङले नेपालको कायपलट कुनै एक दलको प्रयासबाट मात्र हुन नसक्ने ठोकुवा गरेका छन् ।
प्यारजुङस्थित बुद्धमिलन माध्यामिक विद्यालयमा रुम टु रिडको सहयोगमा चेस नेपालद्वारा निर्मित पुस्तकालयको उद्घाटन गर्दै सभासद गुरुङले अहिलेसम्म मुलुकले प्राप्त गरेको सफलता पनि कुनै एक दलको नभै साढे दर्ुइ कराड नेपालीको तीब्र चाहनाको उपज भएको बताए । नेपालको तीब्र विकासको निम्ति सबै नेपाली एकजुट हुनुपर्ने बेला आएको भन्दै उनले सबै दलर्,धर्म, संस्कृति एवं पेशाका नेपालीहरु एकजुट हुनुपर्ने बताए ।
"सबै एकजुट हुन नसके ठूलो खाडल वा विभाजन हुन सक्छ, त्यसैले सबैको भावना र विचारको कदर हुने खालको नयाँ नेपाल निर्माणमा लाग्नु आजको आवश्यकता हो"- गुरुङले भने । १२ बर्षो ध्वंसात्मक युद्धको अन्त्य भएको छ, र नयाँ युगको शुरुवात भएकोले अब देशमा विकास निर्माणले तीब्रता पाउने गुरुङले बताए । दर्ुगम गाउँमा रहेका बालबालिका, युवा, विद्यार्थी, अभिभावक, शिक्षकको सचेतना र शिक्षाको विस्तारका लागि पुस्तकालय खोलिएकोमा खुशी ब्यक्त गर्दर्ै उनले भने- "यस कार्यले सरकारको साक्षरता बृद्धि गर्ने कार्यक्रमलाई सघाउ पुर्याउँछ ।"
नवस्थापित पुस्तकालयमा विभिन्न विषयका २ हजार ३ सय पुस्तक राखिएको छ । यस अघि दर्ुइ वटा पुस्तकालय स्थापना भैसकेको भए पनि उक्त विद्यालयमा पुस्तकालय अब्यवस्थित र पुस्तकको समेत अभाव थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेस नेपालका संस्थापक अध्यक्ष राजकुमार पाण्डे, विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर गुरुङ, विद्यालयका पर्ूव प्र.अ. पशुपतिनाथ न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।
No comments:
Post a Comment