बेसीशहर कार्तिक २१
सरकारी ढुकुटीमा सरकारी कर्मचारीहरुले कतिसम्म भ्रष्टाचार गर्छन् भन्ने कुरा आम जनतालाई विदितै छ । त्यसो त ठेकेदारहरु पनि के कम पैसा नै कमाउने हो, सिधै चोरेर र ठगेर पैसा कमाउन पो भएन तर काम गरे जस्तो गरेर कमाउन चाही हुदो रहेछ । पैसा कमाउन उनीहरु के र कति सम्म गर्छन् भन्ने कुरा वेसीशहरस्थित लमजुङ जिल्ला वन कार्यालयको एउटा भवन निमार्ण्र्ााई हरौ ।
तपाई कल्पना गर्नोस् १६ लाख रुपैयाँमा कस्तो र कत्रो भवन निर्माण हुन सक्ला - चार कोठे, दर्ुइ तल्ले त पक्कै बन्ला । तर जिल्ला वन कार्यालय लमजुङको प्राङ्गणमा निर्माणधीन -माथिको तस्वीर) १ तले र ४ कोठे भवनको लागत भने १६ लाख छ ।
शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय गोरखाले टेण्डर आह्वान गरेपछि यो भवन निर्माण गर्न सुसनीर निर्माण सेवा गोरखाले ठेक्का लियो । ९ महिना भित्र भवन निर्माण कार्य सक्ने गरि ठेक्का जिम्मा दिइएको थियो ।
जिल्ला वन कार्यालय लमजुङ टेण्डर आहृवान गरे अनुसार भवन बन्नेमा ढुक्क थियो । तर स्टिमेट गरेको कागज वन कार्यालयमा नदेखाइकन २७ फिट लम्वाई, १७ फिट चौर्डाई र ९ फिट उचाई भएको बिना पिल्लर बनाइएको भवनमा ढलान नगरी जस्ताले छाउने कुरा थाहा पाएपछि वन कार्यालयका कर्मचारी पनि बल्ल झल्यास्स हुन पुगे । त्यसपछि वन कार्यालयले भवन निर्माण कार्य स्थगित गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पछि अहिले यो भवन निर्माण कार्य रोकिएको छ ।
निमित्त प्रजिअ रामकाजी खनाल भन्छन्-"भवन हेरेपछि हामी पनि अचम्ममा पर्यौं ।त्यसलाई १६ लाख रुपैयाको भवन हो भन्न मिल्दैन यत्तिको भवन बनाउन ५ लाख रुपैयासम्म लाग्न सक्छ ।यसमा सीधै भ्रष्टाचार भएको छ , छानविन गर्नु पर्नै आवश्यकता छ ।"
पृथ्वीनारायण नगरपालिका -१ गोरखा निवासी ठेकेदार सुसनीर निमार्ण्र्ााेवाका प्रोपाइटर भोज श्रेष्ठ आफूले कुनै भ्रष्टाचार नगरेको र टेण्डर र स्टिमेट अनुसार भवन निर्माण गरेको दावी गर्छन् ।

No comments:
Post a Comment