scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, November 18, 2008

सरकारी विद्यालयमा अंग्रेजीमा पढाइ


बेसीशहर, कार्तिक २६
सरकारी स्कुलको तुलनामा वोर्डिङ स्कुलमा गुणस्तरीय शिक्षा प्राप्त हुने र अंग्रेजी पनि खरर वोल्न सक्ने हुनाले अभिभावकहरु औकतले नभेटे पनि महंगा स्कूलमा आफ्ना नानीहरुलाई पढाउँछन् ।
सरकारी स्कुलहरुमा वोर्डिङ स्कुलमा भन्दा राम्रो र गुणस्तरीय शिक्षा प्राप्त हुने बताउने शिक्षक तथा अभिभावकहरु पनि कम छैनन्। यस्तैमा लमजुङको परेवाडाँडा गाविसका सबै विद्यालयहरुमा यसै शैक्षिकसत्रबाट विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएको ।
"स्थानीय अविभावक, शिक्षकहरुको सरसल्हाले यसै शैक्षिकवर्षाट अंग्रेजी माध्यममा अध्ययपन शु/m गरेका छौ "- परेवाडाँडा स्थित महेन्द्र मन्दिर निमावि व्यवस्थापन समितिका अध्यक्ष लोकराज पाण्डेले भने -"यस गाविसका सवै सरकारी स्कुलहरुमा अंग्रेजी माध्यममा पर्ढाई हुन थाले पछि अविभावकहरु खुशी हुन थाली सहर वजारका वोर्डिङ स्कुलमा पढाउन छाडेका छन् ।"
परेवाडाँडाका सरकारी स्कुलहरु कान्ति मन्दिर मावि, महेन्द्र निमावि ,मनकामना प्रावि, महादेवी प्रावि, देउराली प्रावि र पृथ्वी एकता प्राविमा अंग्रजी माध्यममा पठनपाठन शुरु हुन थाले पछि अभिभावक तथा विद्यार्थीहरु हौसिएका छन् । यस अघि नै दुराडाँडाको संस्कृति सदन मावि, तार्कुको विद्याज्योति मावि, रम्घाको भैरवकाली उमावि, सोतीपसलस्थित मंगला उमावि लगायतका विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन हुने हुनाले विद्यार्थीको चाप बढ्दै गएको विद्यालयले जनाएको छ ।
"अंग्रेजी माध्यममा पठनपाठन शु/m भएपछि किन महंगो शुल्क तिरेर वोर्डिङ स्कुलमा पढाउने - हामीले त गाउँको सरकारी विद्यालयमा आफ्ना बच्चा पढाउन शु/m गर्‍यौं" स्थानीय एक अभिभावक भन्छन् ।
निमित्त जिल्ला शिक्षा अधिकारी
देवेन्द्रराज खनाल वोर्र्डिङ स्कुलमा अंग्रजी माध्यममा पढाइ हुने र विद्यालयको भौतिक अवस्था राम्रो हुने हुनाले मात्र सरकारी विद्यालयमा भन्दा वोर्डिङ स्कुलमा विद्यार्थीको चाप बढ्ने गरेको बताउँछन् । "अग्रेजी माध्यममा सरकार ििवद्यालयहरुमा पढाउने हो भने जोसुकै अविभावकले पनि सरकारी विद्यालयमा आफ्ना बच्चाहरु पढाउछन् ।"
सरकारी विद्यालयका शिक्षकहरु भने गुणस्तरीय शिक्षा र अंग्रजी माध्यममा पठनपाठन हुने, वोर्डिङ स्कुलमा पढकाहरुको प्रमाणपत्र बिक्ने आदि कारणले गर्दा पनि आफूले पढाउने विद्यालयमा नपढाइ बच्चाहरुलाई वोर्डिङ स्कूलमा पढाउने गरेका छन् ।
लमजुङमा १ सय ८६ सामुदायिक, ११ संस्थागत विद्यालय गरी २ सय ९७ प्रावि, ३६ सामुदायिक, ३ संस्थागत गरी ३९ निमावि, ४४ सामुदायिक, ७ संस्थागत गरी ५१ मावि र ५ सामुदायिक,४ संस्थागत गरी ९ उमावि रहेका छन् ।

No comments:

Post a Comment