scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, November 18, 2008

बालबालिकाको जन्मदर्ता अभियान सम्पन्न


अर्चलबोट कार्तिक २६
यस गाविसमा गाविसभरका बालबालिकाको जन्मदर्ता शिविर सम्पन्न भएको छ । यही कार्तिक २२ र २३ गते सम्पन्न शिविरमा गाविसभरका ३ सय ५४ बालबालिकाको जन्म दर्ता गराइएको थियो ।
जन्मदर्ता शिविर महिला आपसी सहयोग केन्द्र भारतेको सहयोग र गाविस अर्न्तर्गतको बाल संरक्षण समिति, बालप्रतिभा मञ्च, लक्ष्मीनारायण मा.वि., महिला आपसी सहयोग केन्द्र क्षेत्र नं. ३, गाउँ विकास समिति तथा त्यहाँस्थिति सम्पर्ूण्ा राजनीतिक दलको समन्वयमा सम्पन्न भएको थियो ।
जन्मदर्ता बालबालिकाको अधिकार र अभिभावकको दायित्व हो भन्ने कुरा गाउँलेहरुलाई बुझाउन शिविरको आयोजना गरिएको र सफलसमेत भएको महिला आपसी सहयोग केन्द्रका सहजकर्ता धनकुमारी गुरुङले बताइन् ।

No comments:

Post a Comment