बेसीशहर, कार्तिक २६
र्घर्ेमु गाउँ विकास समिति वडा नं. ७ सञ्जापु स्थित चिजा गुरुङको घरमा शुक्रबार आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको क्ष्ँति भएको भएको छ ।
आगलागी बाट गुरुङको घरमा रहेको ४२ हजार नगद, लत्ताकपडा, खाद्यान्न, भाँडा वर्तन र अन्य सामाग्री गरी करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।वैदेशिक रोजगारीमा रहेका चिजाका श्रीमानले केही दिन अघि विदेशबाट पठाएको रकमसमेत आगलागीमा परी नष्ट भएको बुझिएको छ ।
No comments:
Post a Comment