scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, November 25, 2008

भ्रष्टाचारको आरोपमा तीन कर्मचारी घटुवामा


बेसीशहर-मंसिर १०
देशभर नै नमूनाको रुपमा स्थापना भइ सामुदायद्वारा नै विद्युत विस्तार, वितरण, मिटर रिडिङ, विलिङको काम गर्दै आएको लमजुङ बिद्युत उपभोक्ता संस्थामा लाखौ आर्थिक अनियमितता भएको प्रमाणित भएको छ । यसबारे संस्थाद्वारा गठित छानवीन समितिले आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा त्यहाँ कार्यरत तीन जना कर्मचारीलाई कार्वाही गरेको छ ।
छानवीन समितीले एकसाता लगाएर गरेको छानवीनमा सहलेखापाल धु्रवराज तिवारीलेृ १ लाख ८२ हजार १ सय ४० रुपैया ४० पैसा अनियमिता गरेको ठहर गर्दे उक्त रकम तीन महिना भित्र दाखिला गर्न निर्देशन दिएको छ । समितिको निर्देशन लगतै तिवारीले ७० हजार ३ सय तिरीसकेका छन् । तिवारीलाई तिन महिना निलम्बन र चौथो तहबाट तेस्रो तहमा घटुवा गरिएको छ । अनियमिततामा तिवारीसंगै लेखा अधिकृत कपिल घिमिरे र जिन्सी शाखाका रामकृष्ण बरालसमेत कार्वाहीमा परेका छन् । घिमिरेलाई छैटौ तहबाट घटुवा गरि पाचांै तहमा झारिएको छ । घिमिरलाई उनले सम्हाल्दै आएको लेखा अधिकृतको पदबाट मुक्त गरी लेजर शाखाको जिम्मा दिइएको छ । बराललाई भने दर्ुइ ग्रेड रोक्का गरिएको संस्थाका महासचिब कृष्ण अधिकारीले बताए ।
संस्थाले मंसिर ६ गते बेसीशहरमा एक पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक अनियमिततामा मुख्यतयाः सह-लेखापाल धु्रव तिवारी जिम्मेवार रहे पनि लेखा अधिकृत कपिल घिमिरेले भौचर राम्ररी नहेरी हस्ताक्षर गरेकाले अनिमियततामा सहयोग पुगेको ठहर गर्दै छानविन समितिले पदीय जिम्मेवारीको वहन नगरेको आधारमा कारबाही गरेको बताएको छ । कपिल घिमिरे दर्ुघटनामा परी उपचारको क्रममा रहँदा उनले सम्हाल्दै आएको जिम्मेवारी वहन गरेका जिन्सी शाखाका रामकृष्ण बरालले पनि सह लेखापालले उठाएको भौचर, टिप्पणी हर्ेर्दै नहेरी सदर गरेका कारण उनीसमेत दोषी रहेका छानवीन समितिले बताएको छ ।
पत्रकार सम्मेलनमा छानवीन समितिले बताए अनुसार सह लेखापाल धु्रव तिवारीले मिटर रिडरका नाउँमा भौचर उठाइ अरु व्यक्तिको नाउँमा चेक काटेर १ लाख ८२ हजार १ सय ४० रुपैंयाँ ४० पैसा अनियमितता गरेका थिए ।
लाखौंको भष्ट्रचार भएको तथ्य र्सार्वजनिक भएपछि एकसाता अघि छानविन समिती गठन गरिएको थियो । छानविन समितीमा संस्थाका अध्यक्ष इन्द्रराज चिलुवाल संयोजक र सदस्यमा महासचिब कृष्णप्रसाद अधिकारी, कोषाध्यक्ष गंगालाल श्रेष्ठ, सदस्यद्वय श्रीकान्त घिमिरे र तारानरेश पौडेल थिए ।
विद्युत उपभोक्ता जस्तो र्सार्वजनिक संस्थामा भएको भ्रष्टाचारका विषयमा समितिले आफैले छानवीन गरी कर्मचारीहरुलाई दोष लगाएकामा केहीले शंकाको दृष्टिले पनि हेरेका छन् । छानवीन समितिमा संस्था बाहिरका ब्यक्ति नराखिएका कारण कतै "दूधको साक्षी विरालो" र "आफै बोक्सी आफै झाँक्री" भन्ने उखान चरितार्थ गर्न खोजिएको भन्नेहरु पनि थुप्रै देखिएका छन् ।
संस्थाले नेपाल बिद्युत प्राधिकरणसंग प्रति यूनिट ३ रुपैया ६० पैसामा विद्यूत खरिद गरी ग्राहकलाई ५ रुपैया ७६ पैसामा बिक्री गर्दे आउँदा पनि संस्था सधैं घाटामा रहेको बताइँदै आएको छ । विद्युत प्रधिकरणसँग विद्युत खरिद गरी लमजुङ बिद्युत उपभोक्ता संस्थाले लमजुङ, तनहुँ र गरखा जिल्लाका १४ हजार ग्राहकमा बिद्युत बिक्री गर्दै आएको छ । समुदायद्धारा सञ्चालन गरिएको यो कार्य नेपालमानै नमूनाको रुपमा प्रयोग गरिएको बताइए पनि समितिले राम्रो काम गर्न नसक्दा सेवाग्राहीहरुले प्राधिकरणलाई नै जिम्मा दिन पटक पटक माग उठाउँदै आएका छन् ।

No comments:

Post a Comment