scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, November 25, 2008

गणतान्त्रिक फुटबल आजदेखि


बेसीशहर-मंसिर १०
नेपाल गणतान्त्रिक खेलकुद महासंघ जिल्ला समिति लमजुङको आयोजनामा आजबाट बेसीशहरको सहजी मैदानमा गाविसस्तरीय छनौट फुटबल प्रतियोगिता शुरु भएको छ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका तत्कालीन जिल्ला अध्यक्ष पवित्रा पौडेलको स्मृतिमा शुरु भएको प्रतियोगितामा जिल्लाभरका ४४ गाविसका टीमले सहभागिता जनाएका छन् । यस प्रतियोगिताबाट छनौट हुने खेलाडीहरुलाई आगामी पुस २६ देखि पोखरामा शुरु हुने राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराइने महासंघ लमजुङका अध्यक्ष जनक महताराले बताए । प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १५ हजार, पदक,प्रमाणपत्र, द्वितीय हुने टीमलाई नगद १० हजार, पदक र प्रमाणपत्र, तृतीय हुने टीमलाई नगद ५ हजार पदक र प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद २ हजार र प्रमाण पत्र दिइने बताइएको छ। साथै उत्कृष्ट खेलाडी, अनुशासित टीम, र्सवाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ । प्रंतियोगिता मंसिर २१ सम्म चल्नेछ ।

No comments:

Post a Comment