scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, November 25, 2008

अनेरास्ववियूमा नयाँ नेतृत्व


बेसीशहर मंसिर १० गते
नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियूको २० औं जिल्ला सम्मेलन मंसिर ७ गते बेसीशहरमा सम्पन्न भएको छ ।
सम्मेलनलेन विवश बुढाथोकीको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कमिटीको चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा लिलेन्द्र बस्नेत, सहसचिवमा अर्जुन गुरुङ, कोषाध्यक्षमा विशाल अधिकारी र सदस्यहरुमा जानुका सोती, सम्झना घिमिरे, देवी देउजा, हरि रानाभाट, अशोक थापा, विकास गुरुङ, रामबहादुर मगराती, अशोक दुलाल, कृष्ण चापागाइँ, केशव सुयल, मिलन शेष्ठ, जुन बहादुर तामाङ रहेका छन् ।
संगठनका केन्द्रीय कोषाध्यक्ष नरबहादुर धामीको प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष हिरालाल वि.क.को अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनले जिल्ला तथा राष्ट्रिय स्तरका विभिन्न समसामयिक विषयमा ५ बूँदे प्रस्ताव समेत पारित गरेको छ । प्रस्ताव शान्ति सुरक्षा कायम हुनुपर्ने, विद्यार्थी हक, हित र सहुलियत, जनवादी शिक्षा, विद्यार्थीहरुले परिचयपत्रका आधारमा रासन कार्ड पाउनुपर्ने, शिक्षामा ५ प्रतिशत थप कर लगायत विषयमा केन्द्रित रहेका बुझिएको छ ।

No comments:

Post a Comment