बेसीशहर-मंसिर ३े
भुजुङ गाउँ विकास समितिस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण्र्ााहोत्सव आगामी मंसिर तेश्रो साता विविध कार्यक्रमका साथ मनाउने भएको छ । विद्यालयले शनिवार सदरमुकाम वेसीशहरमा एक पत्रकार सम्मेलन गरी स्वर्ण्र्ााहोत्सवका बारेमा जानकारी गराएको हो । विद्यालय स्थापना भएको ५० औँ वर्षपूरा भएको अवसरमा स्वर्ण्र्ााहोत्सव मनाउन लागिएको पत्रकार सम्मेलनमा विद्यालयको प्रधानाध्यापक खेमराज खतिवडाले बताए ।स्वर्ण्र्ााहोत्सवका अवसरमा विद्यालयलाई हालको अवस्थासम्म ल्याउन योगदान दिने ब्यक्ति तथा संघसंस्थाहरुको सम्मान एवं कदर गर्ने, विद्यालयका भू.पू. शिक्षक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान एवं भू.पू. विद्यार्थीहरुलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको खतिवडाले बताए ।त्यस अवसरमा स्थानीय भेषभूषा, भाषा र संस्कृति झल्कने झाँकी, स्थानीय संस्कृतिमा आधारित नृत्यहरु प्रस्तुत हुनेछन् ।
एक गाउँ, एक गाविसको रुपमा परिचित पर्यटकीय गाउँ भुजुङको रुपमा रहेको यो विद्यालय २०१५ सालमा स्थापना गरिएको थियो । प्रा.वि तहबाट २०३४ सालमा शुरु भएको यो विद्यालय निमावि तह हुँदै २०५२ सालबाट प्रस्तावित मावि सञ्चालित छ ।
स्वर्ण्र्ााहोत्सवको अवसर पारेर विद्यालयले केही आर्थिक स्रोतसमेत जुटाउने लक्ष्य राखेको प्र.अ.खतिवडाले बताए । महोत्सवको माध्यमले भुजुङ गाउँको ग्रामीण पर्यटन पर््रवर्द्धन गर्ने
लक्ष्यसमेत रहेको खतिवडाले बताए ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा नीजि स्रोतमा राखिएका शिक्षकहरुको तलवमा खर्च हुने बाषिर्क २ लाख रुपैयाँ धान्न विद्यालयलाई द्यौ द्यौ परेको अवस्थामा स्रोत जुर्टाई उच्च मा.वि.तहसम्मको पठन पाठन गराउने पर्ूवाधार जुटाउनु महोत्सवका उद्देश्य रहेको बताइएको छ ।
No comments:
Post a Comment