बेसीशहर, मंसिर ३
"राज्य र शिक्षा क्षेत्रको पुनःसंरचना-जनशिक्षाका लागि जनसंविधान, जनमुखि सत्ता र र्सव सुलभ शिक्षा प्राप्तीका लागि १८औं जिल्ला सम्मेलन" भन्ने नाराका साथ अनेरास्ववियू -क्रान्तिकारी) लमजुङको १८ औं जिल्ला सम्मेलन यहि मंसीर २६ र २७ गते वेसीशहरमा आयोजना हुने भएको छ ।
सम्मेलनलाई मर्यादित र व्यवस्थीत रुपमा सम्पन्न गर्नको लागि निर्वाचन क्षेत्रीयस्तरमा सम्मेलन तयारी अभियान र संगठन विभाग, आर्थिक विभाग र प्रचार विभागसमेत गठन गरिएको छ । कार्तिक २३ गते सम्पन्न जिल्ला समितिको पर्ूण्ा वैठकले जिल्ला अधिवेशनको निर्ण्र्ाागरेको हो । अखिल क्रान्तिकारी केन्द्रीय समितिका सचिवालय सदस्य एवं तमुवान राज्य समितिका संयोजक सुदिप कुवँरको प्रमुख अतिथ्य र ने.क.पा.-माओवादी) तमुवान राज्य समितिका सदस्य एवं लमजुङ क्षेत्र नं. २ का इन्चार्ज मोहनहरि पौडेलको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment