बेसीशहर, मंसीर ३
विगत नौ महिना देखि निर्माण कार्य रोकिएको बेसीशहर चामे सडकको निर्माण कार्य शुरु भएको छ । अब उक्त सडकको १३ किलोमिटरमात्र ट्रयाक खन्न बाँकी छ ।
सडक निर्माणको क्रममा मनाङको ताल बजारमा सडक कता बाट खन्ने भन्ने विषयमा विवाद हुँदा सडकको काम रोकिएको थियो । सडकको लागत कम गर्न मर्स्याङदी नदी वारीबाट सडकको र्सर्वे भएकोमा तालबजारबासीले त्यस ठाउँमा पुल राखेर ताल बजार हुँदै सडक खन्न माग गरेपछि विवाद उत्पन्न भएको थियो ।
६५ किलोमिटर लम्बाइको बेसीशहर-चामे सडकमा २०५८ देखि नेपाली सेनाको सडक निर्माण कार्यगणले काम गर्दै आएको छ । सडक निर्माणमा विवाद बढ्दै गएपछि कार्यगणले सडक बिभाग, सेनाको बिकास निर्माण निर्देशानलय र भौतिक योजना तथा निर्माण मन्त्रालयमा यस बारेमा लिखित जानकारी दिई निर्ण्र्ाागरिदिन गत फागुनमा आग्रह गरेको थियो ।
सोही विवादका कारण विगत ९ महिनादेखि सडक निर्माणको काम रोकिएकोमा भौतिक योजना तथा निर्माण मन्त्रालयले र्सर्वे अनुसार नै सडक खन्न लिखित निर्देशन दिए पछि कार्तिक २७ गतेदेखि सडक खन्ने काम शुरु भएको हो ।
चामेसम्मको कूल ६५ किलोमिटर दूरीमध्ये हालसम्म ५२ किलोमिटरमा ट्र्याक खोल्ने काम सकिएको छ । बेसीशहरदेखि स्याँगेसम्मको २७ किलोमिटर खण्डमा मोटरसमेत गुड्न थालेको छ । सडक लमजुङ र मनाङ गरी दर्ुइतर्फाट खनिएको छ । मनाङ सदरमुकाम चामे देखि धारापानी सम्मको २२ किमी खण्डमा समेत ट्रयाक खुलीसकेको सडक निर्माण कार्य गणका प्रमुख सेनानी विनोदजंग राणले बताए ।
चौध बर्षअघि २०५१ सालमा सडक बिभागले शुरु गरेको यो सडक यही मंसीरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । विश्प्रसिद्ध अन्नपर्ूण्ा पदयात्रा मार्गमा पर्ने यो सडक निर्माण भएपछि हिमाल पारीको जिल्ला मनाङमा जाने पर्यटकहरुको संख्या अरु बढ्ने देखिन्छ । त्यस्तै मनाङमा उत्पादन हुने स्याउ र विभिन्न जडिबुटीले बजार पाउने छन् ।
No comments:
Post a Comment