scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, November 25, 2008

अभूतपर्ूव रह्यो दोस्रो दाइ“ साहित्य यात्रा





हर्रर्ााेट लमजुङ मंसिर १० गते
- असार र मंसिर किसानको महिना । यी महिनामा किसान आफ्नो १२ महिनाको मेहनत रोप्ने र भित्र्याउने काममा ब्यस्त रहन्छन् । उनीहरु पालैपालो अर्म पर्म गरेर एक अर्काको कृषि कर्मलाई भरथेग गरिरहेका हुन्छन् । यो मौसम दाइँको मौसम हो । फाँटहरुमा दाइँका थुप्रै दृष्यहरु देख्न सकिन्छ यतिबेला । सामान्यतयाः दाइँमा दयाँरे प्राय ः किसान नै हुने गर्छन् । तर शनिबार लमजुङको हर्रर्ााेटे दाइँ भने त्यस्तो थिएन । दाइँमा किसानसंगै दयाँरे थिए त साहित्यकार, राजनीतिकर्मी, कर्मचारी अनि सञ्चारकर्मी । शहरबजारका कवि साहित्यकारहरु साहित्य सिर्जना गर्नु पर्‍यो भने बन्द कोठामा पस्छन् रे तर लमजुङे साहित्यकारहरु गाउँ गाउँ पस्न र गाउँले र किसानहरुको सामिप्य खोजेर उनीहरुको दुःख सुखलाई आफ्नो साहित्य बनाउँछन् । प्रकृतिक सुन्दरता, गाउँले परिवेश, खेती किसानी कर्मलाई आफ्ना साहित्यिक रचनामा उतार्छन् । गाम ठामका भाका, दुःख, सुखलाई आफ्ना कविता, मुक्तक तथा गजलमा ढाल्छन् ।
नेपाल कृषि प्रधान देश हो । ८० प्रतिशत भन्दा बढी यहाँ किसान छन् । विशेष गरी असार र मंसिर महिना नेपाली किसानका लागि ठूलो महत्व राख्छ । असारमा खेत रोप्नको माचो हुन्छ, मंसीर महिना असारमा रोपिएको धान काटेर थन्काउँदैमा फर्ुसद हुँदैन । किसानहरु यस महिनालाई दशैं तिहार भन्दा पनि ठूलो उत्सव मान्छन् । किसानहरुको यही उत्सवलाई हिमाचलुली कला साहित्य प्रतिष्ठानले गत बर्षेखि उत्सवको रुपमा मनाउन शुरु गरेको छ ।
त्यसैलाई निरन्तरता दिन शनिबार एक हूल साहित्यकार, पत्रकार र कर्मचारी सदरमुकामबाट मोटरमा सरर हुँदै निस्के । पाउँदी बजारमा पुगेर बस रोकियो । पाउँदीबाट मर्स्याङदीको पुल तरेर तार्कुघाट गाविसका हर्रर्ााेट पुगेपछि सुरु भयो दाइँ साहित्य उत्सव। हर्रर्ााेटको उब्जाउ फाँटभरि शनिबार झण्डै एक दर्जन दाइँको कार्यक्रम थियो । त्यसमा पनि विशेष थियो स्थानीय किसान पद्मराज थपलियाको खलोको दाइँ ।
दाइँमा ज्यालाका खेतला थिएनन् । साहित्यकार, राजनीतिकर्मी, पत्रकार र सरकारी कार्यालयका कर्मचारी नै खेतला थिए त्यहाँ । सुकिला मुकिला लुगामा गएका उनीहरु त्यतिकै दाइँमा पसे । के बृद्ध, के युवती सबैल धानका मुठा झाँटे, पराल खिरोले, गोरु धपाए, धान वत्ताए, अनि टौवामा पराल समेत चढाए । बीचबीचमा कविहरुले
गजल, कविता, मुक्तक अनि गीत सुनाए । स्थानीय कवि श्रीकृष्ण न्यौपानेले गोरु धपाउँदै लयात्मक पाराले दयाँरे गीत नै गाइदिए- सुन जस्तो परालमा मिलिजुली साथी घुम भाइ हो बरादो बहरका ताती
माडन भाइ हो बरादो सुन जस्तो धान
सुन जस्तो धान भित्र चाँदी जस्तो फल
ह..ह....ह...........
गायिका पवित्रा थापा पनि के कम र - सुरिलो स्वरमा हर्रर्ााेट फाँट नै गुञ्जयमान हुने गरी उनले गीत गाइहालिन् ।
धानको बाला पहेंलै झुल्यो
दाइँको भाका गाउँघरमा लौ खुल्यो
दुःखी छैन मन, सबको घरमा भकारी भरियो, मंसिर महिनामा ......
८० बर्षो बुढ्यौलीमा पनि निरन्तर साहित्य सिर्जनामा जुट्दै आएका कवि मेदिनी सुवेदी दाइँसंग जोडिएको साहित्य कार्यक्रम देखेर दंग परे। पुरानोकोटको पर्यटन साहित्य यात्रामा कहिले बोकिएरै पनि पुगेका उनले कला साहित्यको संरक्षण सर्म्बर्द्धनमा दाइँ साहित्य कोसेढुंगा सावित हुने ठम्याए ।
"कला र साहित्य एक मनोरञ्जनको साधन मात्र होइन, आम जनताका दुःख, पीडा र चासोको विषय हो त्यसले साहित्यलाई किसान र आम जनताको आफ्नै सहत्यि बनाउन दाइँ साहित्यका आयोजना गरिएको हो ।" आयोजक हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङका अध्यक्ष आनन्द घिमिरेले भने । दर्ुइ बर्षअघि मात्र स्थापना भएको हिमालचुली कला साहित्य प्रतिष्ठानले साहित्यको उत्थान र विकासका लागि छोटै समयमा निकै काम गरिसकेको छ । गजलको विधामा लमजुङे स्रष्टाहरुलाई परांगत बनाउन गजल लेखन तालिमदेखि जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि पर्यटन साहित्य यात्रासम्म प्रतिष्ठानले शुरु गरिसकेको छ । साहित्यिक क्षेत्रमा पछि परेका आदिवासी जनजातिलाई समेत साहित्य सिर्जनामा उक्साउने हेतुले प्रतिष्ठानले गुरुङ भाषामा कविता लेखन तालिम सञ्चालन गरिसकेको छ । लमजुङे साहित्यकारको साहित्यिक अभियानमा यहाँका राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालका प्रमुख तथा प्रतिनिधिहरुलेसमेत साथ दिएका छन् । शनिबारको दाइँ साहित्य कार्यक्रममा साहित्यकारसंगै राजनीतिक दलका प्रतिनिधि र कर्मचारीले पनि भरपूर साथ दिए । जिल्ला कृषि विकास कार्यालले त कार्यक्रमको सहआयोजनासमेत गर्‍यो । दाइँलाई कृषक दिवसका रुपमा मनाउन यस्तो गरिएको कार्यालयका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए ।
किसान, कर्मचारी, साहित्यकर्मी एकै ठाउँमा जमघट हुँदा आपसी सम्बन्ध बढ्ने, स्थानीय आयोजक सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियालाई लागेकोे छ ।
स्थानीय बासीन्दाले दाइँ साहित्य उत्सवलाई भरपुर सहयोग गरे । खासगरी महिला दिदीबहिनीले । दाइँमा दयाँरे भएका साहित्यकार, पत्रकार, नेता र कर्मचारीलाई फूलमाला र टीकाले सत्कार गर्नेदेखि खाना र खाजा खुवै मीठो खुवाए उनीहरुले । सालको टपरीमा दाल भात, गुन्द्रुकको अचार, फर्सर्ीीे तरकारी, लैनो भैंसीको मोही, सहभागीहरु खुबै मज्जा मानी मानी खाना खाइरहेका देखिन्थे । खाना खुवाएर के सकिएको थियो, उनीहरु फेरि खाजाको तयारीमा जुटे । कोही सिलौटोमा चामल पिस्दै थिए त कोही भित्र अंगेनामा सेल रोटी पकाउँदै थिए । दिउसो खाजाको साथमा दही चामलको न्वागी खुवाउँदा सहभागीहरु रोमाञ्चक मात्र बनेनन्, अझै र्फकँदा घरमौरीका मह चाख्न पाउँदा आनन्दले मुख मिठ्याउन समेत पाए ।
हिमालचुली कला साहित्य प्रतिष्ठानको आयोजना, जिल्ला कृषि विकास कार्यालय लमजुङ, सर्वोदय सेवाश्रम लमजुङ, मिलीजुली कृषि विकास समूह हर्रर्ााेटको सहआयोजनामा दाइँ साहित्य कार्यक्रम सम्पन्न भएको हो ।

No comments:

Post a Comment